
काठमाडौं ।
जापानी टेक कम्पनी सोनीले आफ्नो इलेक्ट्रोनिक्स डिभिजनहरुलाई पुर्नसंगठन गरेको छ । कम्पनीले सोनी मोबाइल कम्यूनिकेशन, इमेजिङ्ग प्रडक्सन्स एण्ड सोलुसन्स र होम इन्टरटेनमेन्ट एण्ड साउण्डलाई एकै स्थानमा ल्याएको हो ।
कम्पनीले यी तीनवटै क्षेत्रका लागि आगामी अप्रिल १ देखि सोनी इलेक्ट्रोनिक्स कर्पोरेसन नाममा एकिकृत गरेको हो ।
यसको अर्थ अब सोनीको फोन व्यवसाय, कन्जुमर क्यामरा, टिभीहरु र होम अडियो हार्डवेयरलाई एउटै कम्पनीले नियन्त्रण गर्नेछ ।
यसको लक्ष्य भनेको विभिन्न प्रडक्टहरुलाई एकिकृत गरेर उत्कृष्ट बनाउनु, कम्पनीको आन्तरिक संरचनालाई अधिकतम बनाउनु र समग्रमा अझ बढि प्रतिस्पर्धात्मक बनाउनु रहेको छ ।
यसका साथै विश्व बजारमा बिक्री र बजारीकरण, उत्पादन, लजिस्टिक, प्रोक्युरमेन्ट र इन्जिनियरिङ्ग क्षेत्रको प्रयासलाई संयुक्तरुपमा ल्याउनेछ भने त्यसलाई ससक्त बनाउँदै नाफायोग्य बनाउने छ ।
सोनीको यो कदमसँगै अब सोनी इन्टर्याक्टिभ इन्टरटेनमेन्ट मात्र कम्पनीको ग्राहकसँग आबद्ध भएको स्वतन्त्र डिभिजनको रुपमा रहेको छ । जसले प्लेस्टेशन कन्सोल उत्पादन गर्दछ भने त्यसको लागि गेमहरुको विकास गर्दछ ।
कम्पनीको इमेज सेनसर डिभिजन र त्यसको प्रोफेसनल इक्यूपमेन्ट डिभिजन यसबाट प्रभावित भएको छैन् । यसका साथै सोनीको अन्य व्यवसायहरु म्यूजिक एण्ड फिल्म, मेडिकल र वित्तीय डिभिजनहरुमा कुनै असर पर्नेछैन् ।
प्रकाशित: १७ चैत्र २०७६, सोमबार