माइक्रोसफ्ट क्लाउड सर्भिसको माग ७७५ प्रतिशतले बढ्यो, कोभिड १९ लाई प्राथमिकतामा

  • Technology Khabar | १७ चैत्र २०७६, सोमबार

काठमाडौं ।

माइक्रोसफ्टले आफ्नो क्लाउड सेवाहरुमा कोभिड १९ ले गर्दा ७७५ प्रतिशतको माग बढेको जानकारी दिएको छ । कम्पनीका अधिकारीहरुले कोभिड १९ ले गर्दा घरभित्रै बस्न बाध्य भएका क्षेत्रहरुमा अत्यधिक माग रहेको जानकारी दिएका हुन् ।

कम्पनीका अधिकारीहरुका अनुसार यो महामारीले गर्दा माइक्रोसफ्टले क्लाउड सर्भिसमा केहि प्रतिबन्ध समेत लगाएको छ । उनीहरुले कोभिड १९ लाई ध्यानमा राखेर स्वास्थ्य क्षेत्रहरुलाई प्राथमिकतामा राखेको बताएका छन् ।

हालैको एक ब्लग पोस्टमा अधिकारीहरुले नयाँ विण्डोज भर्चुअल डेस्कटप प्रयोगको माग तीन गुणाले बढेको लेखेको छन् । सरकारले सार्वजनिक पावर बिआई कोभिड १९ ड्यासबोर्ड शेयर गर्नका लागि प्रयोग गरिरहेको र यो सातामा ४२ प्रतिशत बढेको बताएका छन् ।

यसका साथै कम्पनीले माइक्रोसफ्ट एजुरमा केहि लिमिटेसन तोकेको छ । ब्लगपोस्टकाअनुसार कम्पनीले केहि अस्थाई रोक लगाएको छ । जसमा हालका ग्राहकहरुलाई प्राथमिकता दिनका लागि फ्रि अफरहरुलाई सिमित गरिएको छ । त्यसका साथै नयाँ सेवाग्राहीहरुका लागि केहि स्रोतहरुमा सिमित रोक लगाईएको छ ।

कम्पनीले मागमा भएको वृद्धिसँगै आफ्नो क्षमतालाई पनि ती क्षेत्रहरुमा बढाउँदै लगेको बताएको छ । माइक्रोसफ्ट अधिकारीहले मागमा देखिएको वृद्धिले गर्दा क्लाउड सेवामा कुनै अवरोध नआएको बताएको छ ।

गत साता मात्रै अधिकारीहरुले कम्पनीको अफिस ३६५ सर्भिसेजमा अनावश्यक सेवाहरुलाई रोकेको बताएका थिए । एजेन्सी

प्रकाशित: १७ चैत्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया