
काठमाडौं ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरुले अबदेखि अनलाइन प्रणालीबाटै समेत बीमाको सेवा सुविधा प्राप्त गर्नसक्ने भएका छन् ।
बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले आज सबै जीवन बीमा कम्पनीहरुलाई वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली नागरिकले अनलाइन प्रणालीबाट समेत सेवा सुविधा प्राप्त गर्ने गरि व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
समितिले दिएको निर्देशनअनुसार वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसी जारी गर्दा लाग्ने बीमा शुल्क अनलाइन प्रणालीबाट समेत भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ ।
त्यसैगरि वैदेशिक रोजगारीमा जाने व्यक्तिले भर्ने इलेक्ट्रोनिक प्रस्ताव फारमलाई मानेर डिजिटल वा इलेक्ट्रोनिक्स बीमालेख समेत जारी गर्ने व्यवस्था कम्पनीहरुले गर्नुपर्ने प्रावधान निर्देशनमा राखिएको छ ।
विदेशबाट नै पुन श्रम स्वीकृतिको लागि आवेदन गर्दा बीमा अवधि थप गर्नका लागि तिर्नुपर्ने शुल्क समेत अनलाइन सेवा प्रदायकमार्फत तिर्न सकिने व्यवस्था मिलाउनुपर्ने समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिएका छन् ।
प्रकाशित: १६ चैत्र २०७६, आईतवार