सर्च इन्जिन गूगलले यस बर्षको अप्रिल फूल कार्यक्रम‍ नमनाउने

  • Technology Khabar | १६ चैत्र २०७६, आईतवार
सर्च इन्जिन गूगलले यस बर्षको अप्रिल फूल कार्यक्रम‍ नमनाउने

काठमाडौं ।

कोरोना भाइरस महामारीलाई ध्यानमा राख्दै सर्च जायन्ट गूगलले यस बर्षको अप्रिल फूल कार्यक्रममा सहभागी नहुने बताएको छ । कम्पनीले पहिले नै यो कदम चाल्ने अपेक्षा गरिरहेको थियो किनभने यस समय सम्पूर्ण विश्व कोरोना भाइरसको भयमा रहेको छ।

गूगलले आधिकारिक रूपमा यस बर्ष अप्रिल फूल प्र्यांक नगर्ने बारे जानकारी दिएको छैन। तर  बिजनेस इन्साइडरले प्राप्त गरेको एक आन्तरिक ईमेलको आधारमा कम्पनीले इभेन्ट रद्द गर्ने निर्णयको बारेमा सूचित गरेको रिपोर्टमा बताईएको छ।

गूगलले यस मेलमा भनेको छ कि हामीले यो निर्णय कोरोना महामारीसँग लड्नेहरूको सम्मान गर्दै लिएका छौं। यद्यपि यो वार्षिक परम्परा अर्को बर्ष जारी रहनेछ। अर्को वर्ष स्थिति पूर्ण रूपमा सामान्य हुनेछ भन्ने कामना राख्नुहोस्।

हामीले अप्रिल फूललाई ​​केन्द्रीकृत नगर्ने निर्णय मात्र गरेका छैनौं, यसका साथै अन्य टोलीहरुलाई पनि आन्तरिक वा बाह्य कुनै जोकहरु योजना नगर्न अनुरोध गरेका छौं। गूगले इमेलमा भनेको छ ।

गूगलले अप्रिल फूलको अवसरमा अनौठो उत्पादनहरु ल्याउने गर्दछ । गत वर्ष गूगलले अप्रिल फूलको अवसरमा एउटा एआई टुलिप ल्याएको थियो । यो एउटा एआई थियो र यसले टुलिपले के भनिरहेको छ भनेर भन्न सक्दथ्यो ।

गूगलले अप्रिल फूल इभेन्ट रद्ध गरेसँगै अन्य कम्पनीहरुले पनि यसलाई पछ्याउने अनुमान गरिएको छ । एजेन्सी

प्रकाशित: १६ चैत्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार