भिडियो गेमबाटै भयो भर्चुअल वेडिङ्ग, ग्य्राजुएसन सेरेमनी र कक्षाहरु समेत आयोजना गरिँदै

  • Technology Khabar | १६ चैत्र २०७६, आईतवार
भिडियो गेमबाटै भयो भर्चुअल वेडिङ्ग, ग्य्राजुएसन सेरेमनी र कक्षाहरु समेत आयोजना गरिँदै

काठमाडौं ।

यदि तपाईंको विवाह मिति लकडाउनको कारण सरेको छ भने, अब तपाईं भर्चुअल विवाह गर्न सक्नुहुनेछ। हो यो टेक्नोलोजी र इन्टरनेटको युगमा सम्भव छ र यसले तपाईंको अतिरिक्त पैसा खर्च गराउँदैन्।

हालै अमेरिकामा एक जोडीले यस्तो भर्चुअल विवाह गरेका छन् ।

नजमुल अहमद र शर्मिन आशा न्यू जर्सीका हुन् र उनीहरू विश्वका पहिलो जोडी हुन् जसले भर्चुअल विवाह गरे। यस भर्चुअल विवाहको लागि भेन्यू भने निन्टेन्डोको नयाँ अनलाइन गेम ‘एनिमल क्रसिङ्ग: न्यू होराइजन्स’ थियो।

दम्पतीले भने कि उनीहरूको विवाह अप्रिल १२ मा अमेरिकाको ब्रूक्लिनमा आयोना हुने थियो, तर कोभिड १९ को संक्रमणको बढ्दो घटनाका कारण उनीहरूले अर्को वर्षसम्मलाई बिहे स्थगित गर्नुपर्‍यो।

२८ वर्षीय इञ्जिनियर नजमुल आफ्नो हुनेवाली पत्नि आशालाई सरप्राइज विवाहमार्फत चकित पार्न चाहन्थे। अचम्मको कुरा यो हो कि नजमुलका नजिकका ६ जना साथीहरूले पनि यस अनौंठो भर्चुअल विवाहमा पाहुनाको रूपमा भाग लिएका थिए।

तपाईँको जानकारीका लागि ‘एनिमल क्रसिङ्गः न्यू होराइजन्स’ एक अनलाइन खेल हो जसमा प्रयोगकर्ताहरू एक अर्कालाई भेट्न सक्छन् र उनीहरूले अन्य महत्वपूर्ण चीजहरू पनि कम्युनिटी बनाउनको लागि खेलमा थप्न सक्दछन्।

दुबैजना प्रायजसो अनलाइन गेम खेल्दैनन तर यी सबैका साथमा धेरैजना सो गेममा हाल क्वारेन्टाइनमा भएको बेला सामाजिक हुन सहभागी भईरहेका छन् ।

Virtual game

रचनात्मकताले विवाह अविस्मरणीय
आफ्नो भावी श्रीमतीलाई खुशी पार्न, नजमुलले खेलमा समुद्र तट सिर्जना गरे र बालुवामा आफ्नो र आशाको नाम लेखे।

भर्चुअल वेडिङ्ग सेरेमनिलाई शानदार र अवस्मरणिय बनाउनको लागी उनले खेलमा एक अद्भुत सेटिङ्ग तयार पारेका थिए । त्यति मात्र होइन, खेलमा नजमुलको भर्चुअल अवतारमा पनि उस्तै वस्त्र थियो जुन उसले लगाएका थिए, र उनको वास्तविक जीवनको ड्रेसिंगसँग मेल खान्थो।

सो भर्चुअल वेडिङ्ग सेरेमनीमा अन्य ५ साथिहरु थपिन नसकेपनि भिडियो कलमार्फत जोडिएका थिए ।

पछिल्लो दिनमा विश्वभर मानिसहरु घरमा नै बसिरहेको बेला भिडियो गेम्सको माग निकै बढेको छ। पिसी गेम स्टोर स्ट्रिमकाअनुसार गएको आइतवार २ करोड २० लाख भन्दा बढि मानिसहरु जोडिएका थिए ।

भिडियो गेमबाटै स्नातक समारोह र कक्षाहरु
यो एक नमूना मात्र हो कि भिडियो गेमहरूले लकडाउन पिरियडमा मानिसहरूलाई कसरी मद्दत गर्दछ। तपाईं यो जान्दा चकित हुनुहुनेछ कि भिडियो गेमको साथमा विश्वभर कक्षा र ग्य्राजुएसन सेरेमनी पनि आयोजना भईरहेका छन्।

Virtual-game
हाफ लाइफ: एलेक्स

हाफ लाइफः एलेक्स भनिने नयाँ भर्चुअल खेलको साथ शिक्षकहरूले आजकल आफ्ना विद्यार्थीहरूलाई ज्यामिति सिकाउँदैछन्। उही समयमा, अनलाइन शूटर गेम एपेक्स लेजेण्डस मार्फत नजिकका साथीहरूले पनि उनीहरूको बीचमा आफ्नो ग्य्राजुएसन सेरेमनी मनाइरहेका छन्।सिएनएनबाट

 

प्रकाशित: १६ चैत्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार