सोशल मिडिया फेसबुक टेलिकम उद्योगमा प्रवेश गर्ने, भारतीय कम्पनी जियोसँग कुराकानी हुँदै

  • Technology Khabar | १३ चैत्र २०७६, बिहीबार
सोशल मिडिया फेसबुक टेलिकम उद्योगमा प्रवेश गर्ने, भारतीय कम्पनी जियोसँग कुराकानी हुँदै

काठमाडौं ।

सोशल मिडिया जायन्ट फेसबुक टेलिकम क्षेत्रमा प्रवेश गर्ने तयारीमा रहेको छ । फेसबुकले भारतको सबैभन्दा ठूलो टेलिकम अपरेटर रिलायन्स जियोसँग साझेदारी गर्ने योजना लिएको छ ।

फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार फेसबुकले रिलायन्स जियोको १० प्रतिशत हिस्सा किन्ने योजना गरेको छ । यसका साथै बिलियन डलरको अन्य हिस्सेदारीको बारेमा पनि कुराकानी भईरहेको बताईएको छ ।

रिपोर्टअनुसार जियोको ५ हजारदेखि ५ हजार ३५० करोड भारुको मार्केट भ्यालू रहेको छ । जसमध्ये फेसबुकले ६.५देखि ७ बिलियन डलर लगानीसम्मको शेयर हिस्सा फेसबुकले खरिद गर्न चाहेको छ ।

यसका साथै जियो र गूगलको बिचमा पनि हिस्सेदारीको बारेमा कुराकानी भईरहेको छ । तर यो बारेमा जियोले कुनै आधिकारीक घोषणा गरेको छैन् ।

सन् २०१५ देखि भारतीय बजारमा प्रवेश गरेको रिलायन्स जियोको ग्राहक गएको जनवरीसम्म २५ करोड भन्दा बढि रहेका छन् । भारतका धनाढय मुकेश अम्बानीको टेलिक कम्पनी अहिले भारतको सबैभन्दा ठुलो टेलिकम कम्पनी हो ।

यसबाहेक रिलायन्स नेटवर्कअन्तरगत जियो टिभी, जियो सिनेमा, जियो न्यूज र जियो सावनलगायत संचालनमा छन् ।

पछिल्लो दिनमा ऋणमा रहेको रिलायन्स ग्रुपले ऋण शुन्य बनाउन विभिन्न कम्पनीका शेयरहरु बिक्री गरिरहेको छ । एजेन्सी

प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार