इन्टरनेट सेवा प्रदायक कम्पनी इस्टलि‌ङ्कद्धारा कोरोनाभाइरस विरुद्धको कोषमा सहयोग

  • Technology Khabar | १२ चैत्र २०७६, बुधबार
इन्टरनेट सेवा प्रदायक कम्पनी इस्टलि‌ङ्कद्धारा कोरोनाभाइरस विरुद्धको कोषमा सहयोग

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक कम्पनी इस्टलि‌ङ्क टेक्नोलोजी प्रालिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरिएको सरकारी कोषमा सहयोग रकम जम्मा गराएको छ ।

कम्पनीको तर्फबाट सो सरकारी कोषमा १० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

कम्पनीले बुधबार सो सरकारी कोषमा रकम जम्मा गरिएको प्रमुख सञ्चालन अधिकृत पुष्कर बडालले जानकारी दिए । उनले आफ्नो र कम्पनीको तर्फबाट सहयोग गरेको भन्दै सबैले गर्ने सानो सहयोग पनि महत्वपुर्ण हुने बताए ।

‘देश र जनताको हितको लागि र कोरोनाको संक्रमणबाट मुक्त गर्न सबै सहयोगी हातहरु जुटौ र सरकारलाई भरपुर सहयोग गरौं,’ उनले भने ।

प्रकाशित: १२ चैत्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १२ चैत्र २०७६, बुधबार