
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले विश्वभर महामारीको रुपमा देखापरेको कोरोनाभाइरसको नियन्त्रणका लागि देशभर लकडाउनको अवस्था रहेको बेलामा सेवाग्राहीहरुका लागि विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चित प्रदान गर्न निर्देशन दिएको हो ।
लकडाउनको अवस्थामा बाहिर गएर नगद कारोबार गर्न असंभव भएको हुँदा विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चित गरि प्रबद्र्धन गर्न भनेको हो ।
‘बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिश्चित प्रदान गरि ग्राहकहरुलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गर्ने, ‘ निर्देशनमा भनिएको छ ।
त्यसैगरि केन्द्रिय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई संचालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्ने र सोको निगरानी गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
यसबाहेक राष्ट्र बैंकले बैकिङ्ग कारोबारको समय, भन्सारबाट प्राप्त हुने चेक क्लियरिङ्ग, शाखाहरुको सम्पर्क व्यक्तिको बारेमा समेत जानकारी दिन भनेको छ ।
प्रकाशित: १२ चैत्र २०७६, बुधबार