Technology Khabar १२ चैत्र २०७६, बुधबार
काठमाडौं ।
दूरसंचार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसंचार प्राधिकरणले लकडाउनको अवस्थामा पनि दूरसंचार सेवालाई निर्वाधरुपमा संचालन गर्ने/गराउने व्यवस्था मिलाउने गरि कार्यालयका काम कारबाहीहरु संचालन गर्ने भएको छ।
प्राधिकरणले हालै कार्यालय संचालन तथा सेवा प्रवाह गर्ने सम्बन्धमा सूचना सार्वजनिक गर्दै प्राधिकरणका कर्मचारीहरुलाई अफिस अटोमेसन सिस्टमको प्रयोग गरि काम गर्न भनिएको छ । सो सिस्टममार्फत कर्मचारीहरुले कार्यालयको अत्यावश्यक तथा जरुरी कार्यहरु घरमा नै बसेर गर्न सक्नेछन् ।
यसका साथै प्राधिकरणका सै कर्मचारीहरुलाई आवश्यक पर्दा उपस्थित हुनेगरि हरेक समय स्ट्याण्डबाई रहन तथा निरन्तर मोबाइल सम्पर्कमा रहने गरि काम गर्न भनेको छ ।
त्यसैगरि दूरसंचार सेवा प्रदायक कम्पनीहरु तथा अन्य निकायसँग सम्पर्ककोलागि प्राधिकरणको ईमेल आईडीहरुमार्फत सम्पर्क गर्न सकिने जानकारी समेत दिएको छ ।
हेर्नुहोस् सूचना-

प्रकाशित: १२ चैत्र २०७६, बुधबार