स्याटेलाइटमार्फत ब्रोडब्याण्ड इन्टरनेट दिन वनवेबको ३४ स्याटेलाइट प्रक्षेपण, हालसम्म ७४ वटा पुगे

Technology Khabar ११ चैत्र २०७६, मंगलवार

काठमाडौं ।

लण्डन स्थित स्टार्टअप फर्म वनवेबले नयाँ खेपको स्याटेलाइट शनिवार प्रक्षेपण गरेको छ । कम्पनीले काजकास्तानको बैकोनुर प्रक्षेपण स्थलबाट सोयुज रकेटमार्फत स्याटेलाइट लन्च गरेको हो ।

सो रकेटले ३४ थप स्याटेलाइटहरु बोकेको छ जून कम्पनीको ब्रोडब्याण्ड कनेक्सन नेटवर्क बनाउनका लागि प्रयोग हुनेछ ।

कोरोनाभाइरसको प्रकोपका बिच सो प्रक्षेपण गरिएको छ । यसका साथै अर्कोतर्फ कम्पनीले बैंक दिवालियाबाट बच्ने सुरक्षा खोजिरहेको बताईएको छ ।

ब्लूमबर्गको रिपोर्टअनुसार वनवेबले क्यास क्रन्चबाट बच्न विभिन्न अप्सनहरु प्रयोग गरिरहेको छ । तर कम्पनीले भने शतप्रतिशत ध्यान लन्चमा केन्द्रित गरिरहेको बताएको छ ।

नयाँ स्याटेलाइट लन्चका साथमा हालसम्म कम्पनीले कुल ७४ स्याटेलाइट अन्तरिक्षमा पठाईसकेको छ । कम्पनीको पुरै नेटवर्क बनाउनका लागि करिब ६५० स्याटेलाइट आवश्यक पर्ने छ । जसमार्फत कम्पनीले सबैभन्दा पहिले नर्थन ल्याटिच्यूटमा केहि ग्राहकहरुलाई इन्टरनेट उपलब्ध गराउन सक्नेछ । त्यसपछि मात्र विश्वभर सेवा उपलब्ध गराउने छ ।

बेलायती स्टार्टअपले यस्तै उद्धेश्य रहेका अन्य कम्पनीहरुसँग प्रतिस्पर्धा गरिरहेको छ जसमा अमेरिकी धनाढय एलन मस्कको स्टारलिंक र अमेजनका जेफ बेसोजको कुपियर रहेका छन् ।

वनवेबले सन् २०२१ को चौथो चौमासिकसम्मा आफ्नो सबै स्याटेलाइनहरु जोड्ने लक्ष्य लिएको छ । एजेन्सी

प्रकाशित: ११ चैत्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया