Technology Khabar ११ चैत्र २०७६, मंगलवार
काठमाडौं ।
फेसबुकले यूरोपमा आफ्नो प्लेटफर्म र इन्स्टाग्राममा भिडियो स्ट्रिमिङ्गको गुणस्तरलाई घटाउने छ । यूरोपेली युनियनले हालै गरेको आग्रहअनुसार अमेरिकी टेक कम्पनी फेसबुकले सो निर्णय गरेको हो ।
हालै मात्र यूरोपेली युनियनले कोरोनाभाइरसको प्रकोपका बिच हजारौंले वर्क फ्रम होममा आबद्ध भएको हुँदा इन्टरनेटलाई बन्द हुनबाट रोक्न भिडियो कन्टेन्टहरुको गुणस्तर घटाउन आग्रह गरेको थियो ।
यसअघि मात्रै नेटफ्लिक्स, अल्फाबेट इंकको यूट्यूब, अमेजन र डिज्नेले आफ्नो भिडियो क्वालिटीलाई घटाउने बताईसकेका छन् ।
ईयूका सो क्षेत्रका प्रमुख थिएरी ब्रेटनले स्ट्रिमिङ्ग प्लेटफर्महरुले स्वास्थ्यसेवा र विद्यालय बन्द भएर घरमा बसिरहेका हजारौं बालबालिकाहरुको डिस्ट्यान्स लर्निङ्गको लागि ब्याउण्डविथ खाली गर्नुपर्ने बताएका थिए ।
यसैबेला यूरोपेली टेलिकम अपरेटरहरुले उनीहरुको नेटवर्कहरु बढेको डाटा ट्राफिकलाई व्यवस्थापन गर्न सक्षम भएको बताएका छन् ।
‘कुनैपनि प्रकारको संभावित नेटवर्क कन्जेसनलाई रोक्नेगरि सहयोग गर्न, हामीले अस्थाईरुपमा यूरोपमा फेसबुक र इन्स्टाग्राममा भएका भिडियोहरुको बीट रेट घटाउने छौं,’ कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फिक्स्ड र मोबाइल नेटवर्कहरुमा स्ट्रिमिङ्ग भिडियोहरु दुई तिहाई ट्राफिक खपतको लागि जिम्मेबार हुन्छन् । एजेन्सी
प्रकाशित: ११ चैत्र २०७६, मंगलवार