भारतको सरकारी टेलिकम कम्पनीले एक महिना निःशुल्क ब्रोडब्यान्ड सेवा दिने

  • Technology Khabar | १० चैत्र २०७६, सोमबार
भारतको सरकारी टेलिकम कम्पनीले एक महिना निःशुल्क ब्रोडब्यान्ड सेवा दिने

काठमाडौं ।

भारतको सरकारी तथा सार्वजनिक क्षेत्रको टेलिकम कम्पनी बीएसएनएलले शुक्रवार आफ्नो ल्याण्डलाइन र नयाँ ग्राहकहरुका लागि एक महिनाको निःशुल्क ब्रोडब्यान्ड सेवा दिने घोषणा गरेको छ।

कम्पनीकाअनुसार यस पहलको उद्देश्य भनेको मानिसहरूलाई घरबाट काम गर्न सजिलो बनाउनको लागि सहयोग गर्नु हो। भारतमा कोरोनाभाइरस महामारीको कारण, विभिन्न कम्पनीहरू र संगठनहरूले आफ्ना कर्मचारीहरूलाई घरबाट काम गर्न आग्रह गरेका छन्।

बीएसएनएलका अधिकारीहरूले भने कि यदि नयाँ ग्राहकहरूले कपरमा आधारित केबल जडानको विकल्प छनौट गरे भने उनीहरूले यसलाई वडानगर्न शुल्क पनि तिर्नु पर्दैन। यद्यपि उनीहरूले सेवाको लागि मोडेम भने किन्नु पर्ने भारतीय मिडिया रिपोर्टहरुमा उल्लेख छ।

बीएसएनएलका निर्देशक (सीएफए) विवेक बन्जलले एक विज्ञप्तिमा भनेका छन् कि देशका सबै नागरिकहरुलाई एक महिना निःशुल्क ब्रोन्डब्यान्ड सेवा दिइनेछ।

यस सेवा ती ग्राहकहरुलाई दिईनेछ जोसँग बीएसएनएलको ल्याण्डलाइन छ तर कुनै ब्रोडब्यान्ड सेवा छैन्। जुन काम बाहिर गएर गर्नुपर्ने हुन्छ ती कामहरुको लागि ग्राहकहरुले यसलाई घरबाट काम गर्न, घरबाट शिक्षा दिन वा कुनै काम गर्नको लागि प्रयोग गर्न सक्दछन्।

बीएसएनएलका अर्का अधिकारीले भने कि यो योजना नयाँ ग्राहकहरूका लागि पनि हो र एक महिना प्रयोग पछि उनीहरूले थप सेवाको लागि पैसा तिर्नु पर्नेछ।

अधिकारीकाअनुसार ग्राहकहरू जसले अप्टिकल फाइबर जडानको विकल्प छनौट गर्छन् उनीहरूलाई ब्रोडब्यान्ड स्थापना गर्न चार्ज गरिने छैन। बीएसएनएल ग्राहकहरुले फोनमार्फत नै जडानका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले सम्पूर्ण प्रक्रियालाई कागजीविहीन बनाएको र ग्राहकहरुलाई ब्रोडब्यान्ड सेवाका लागि ग्राहक सेवा केन्द्रमा जानु पर्दैन् । एजेन्सी

प्रकाशित: १० चैत्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार