फेसबुकको डेस्कटप भर्सन अब नयाँ डिजाइनमा, यसरी गर्नुस नयाँ डिजाइन एक्टिभ

  • Technology Khabar | १० चैत्र २०७६, सोमबार
फेसबुकको डेस्कटप भर्सन अब नयाँ डिजाइनमा, यसरी गर्नुस नयाँ डिजाइन एक्टिभ

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकले डेस्कटप भर्सनलाई नयाँ डिजाइनमा ल्याएको छ। पहिले स्मार्टफोनहरूमा मात्र उपलब्ध रहेको यो सुविधा अब डेस्कटपमा पनि फेसबुकले सुरू गरेको छ।

अहिले नयाँ डिजाइन अप्ट-इन गरिएको छ, यसको अर्थ यो प्रयोग गर्न त्यसलाई इनेवल गर्नुपर्ने हुन्छ वा पहिले कै जस्तो डिजाइन प्रयोग गर्न सक्नुहुन्छ।

फेसबुकले एफ एट डेभलपर कन्फ्रेन्समा नयाँ डिजाइनको घोषणा गरेको थियो।

नयाँ डिजाइनमा पुरानो डिजाइनको तुलनामा फन्टहरू ठूला देखिन्छन्।
डार्क मोड पनि नयाँ डिजाइनमा देख्न सकिन्छ। फेसबुकको स्टोरिज स्टाटस बक्सभन्दा माथि राखिएको छ।

माथिल्लो भागमा मोबाइल लेआउट जस्तै होम, भिडिओ, फ्रेन्ड्सको आइकन थप गरिएको छ।

नयाँ डिजाइन अपडेटका लागि सेटिङमा सि न्यु फेसबुकको अप्सनमा क्लिक गर्न सकिन्छ। मन नपरेको खण्डमा स्वीच टु क्लासिक फेसबुकमा गई पुरानो डिजाइन नै प्रयोग गर्न सकिने सुबिधा रहेको छ।

फेसबुकको नयाँ डेस्कटप लेआउटमा ग्रुप ट्याबलाई नयाँ मेन्यू बारको भित्र राखिएको छ । यसमा क्लिक गर्दा अलग अलग ग्रुपहरुको पर्सनलाइज्ड अपडेटहरु उपलब्ध हुनेछ ।

कसरी गर्ने प्रयोग ?

नयाँ डिजाइन प्रयोग गर्न फेसबुक लगइन गरेर सेटिग्समा जानुहोस् ।
त्यहाँ सी न्यू फेसबुक(See New Facebook) अप्सन देखिनेछ । त्यसमा क्लिक गर्दा नयाँ फेसबुक डिजाइन देखिनेछ । यदि तपाईँलाई नयाँ फेसबुक डेस्कटप डिजाइन मन परेन भने फेरी स्वीच टू क्लासिक फेसबुक(Switchto classic Facebook) अप्शन छनौट गर्न सक्नुहुनेछ ।

प्रकाशित: १० चैत्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार