माइक्रोसफ्टको वर्कप्लेस टूल ‘टिम्स’ मा १ करोड २० लाख दैनिक सक्रिय यूजर्स थपिए

  • Technology Khabar | ९ चैत्र २०७६, आईतवार

काठमाडौं ।

 
माइक्रोसफ्टले आफ्नो टिम्स मेसेजिंग प्लेटफर्मको सक्रिय प्रयोगकर्ताहरुको संख्यामा पछिल्लो सातामा १२ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
कम्पनीकाअनुसार यसअघि ३ करोड २० लाख यूजर्स दैनिकरुपमा सक्रिय रहेमा सो संख्या १९ मार्चसम्ममा बढेर ४ करोड ४० लाख पुगेको छ । सो संख्या नोभेम्बर १९ को तुलनामा हेर्दा दोब्बरले वृद्धि भएको छ ।
कम्पनीले यो वर्षको अन्त्यतिर नयाँ फीचरहरुका साथै ग्राहकहरुको तथ्यांक पनि सार्वजनिक गर्नेछ ।
माइक्रोसफ्टको टिम्समा सक्रिय ग्राहकहरुको संख्या ह्वात्तै बढ्नुमा पछिल्लो सातादेखि मानिसहरुले घरबाट नै ‘वर्क फ्रम होम’ अन्तरगत काम गर्नु हो ।
यसका साथै माइक्रोसफ्टले टिम्सको निशुल्क भर्सन लगाउने यूजर्सहरुका लागि रहेको केहि प्रतिबन्धहरु समेत हटाएको छ भने आफ्नो अफिस ३६५ सुईटको सशुल्क प्रयोग गर्नेहरुको लागि ६ महिनाको निशुल्क ट्रायल दिएको छ ।
यसअघि माइक्रोसफ्टले आफ्नो टिम्स प्लेटफर्ममा दैनिकरुपमा ९० करोड मिटिङ्गहरु र कलिंग मिनेट ग्राहकहरुले गरेको जनाएको छ । सो प्लेटफर्म विश्वका प्रमुख ९३ कम्पनीहरु र २० ग्राहकहरुले प्रयोग गर्ने गर्दछन् ।

प्रकाशित: ९ चैत्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया