सन् २०२०को अन्त्यसम्ममा २१५ डलरको स्मार्टफोनमा पनि ५जी प्रविधि हुनेः भीभो

  • Technology Khabar | ९ चैत्र २०७६, आईतवार

काठमाडौं ।

एउटा लामो अन्तवार्ताका क्रममा भीभोका उपाध्यक्ष तथा चिनियाँ बिजनेशका डाइरेक्टर लिउ हंगले कम्पनीको ५जी को भविष्यको बारेमा केहि कुराहरु सार्वजनिक गरेका छन । उनले हाल रहेको उच्च मागका कारण कम्पनी हाल प्रति दिन एक लाख ५जी स्मार्टफोन उत्पादन गर्ने ट्रयाकमा रहेको बताएका छन ।

कोभिड–१९ ले गर्दा उत्पादनमा भएको ढिलाईका कारण हालसम्म यस वर्षको पहिलो त्रैमाशिकमा अनुमान गरिएकोमा ३० देखि ५० प्रतिशत कमी आएको छ । चिनियाँ नयाँ वर्ष सुरु भएदेखि हालसम्म स्मार्टफोन मार्केट माथि उठ्न सकेको छैन ।

यद्पी भीभोले विश्वभरि ५ प्लान्ट स्थापना गरेर वार्षिक २ सय मिलियन ५जी डिभाइसहरु उत्पादन गर्ने आफ्नो नितीको खुलासा गरेको छ । कम्पनीले प्रयोगकर्ताहरुले निकै उत्साह साथ ५जी प्रविधिलाई हेरिरहेकाले आफुहरुको फ्याक्ट्रि सक्षमतामध्ये ९० प्रतिशतले काम गरिरहेको जनाएको छ ।

लि हंगले कम्पनी हाल ४जी प्रविधिबाट ५जी मा परिर्वतन हुँदै रहेको र चीनका अधिकाँश कम्पनीले २५० डलर पर्ने ४जी फोन उत्पादन गर्न छोडिरहेको उल्लेख गरेका छन् । उनले हाल मिडरेन्ज स्मार्टफोन मार्केटमा पनि ५जी स्मार्टफोन आउन थालेको र अबका लागी कम्पनीहरुका लागी खेलमैदान भनेको इन्ट्रि लेभल रहेको बताएका छन ।

हाल यसै कारणले भीभोले २०२० को चौथो त्रैमासिक सम्ममा इन्ट्रि लेभलको ५जी स्मार्टफोनको रुपमा २१५ अमेरिकी डलर सम्ममा यस प्रविधिको स्मार्टफोन लन्च गर्न सक्ने अनुमान गरिएको छ । एजेन्सी

प्रकाशित: ९ चैत्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया