Technology Khabar ८ चैत्र २०७६, शनिबार
काठमाडौं ।
एनसेलका सबै प्रिपेड ग्राहकहरुले अब अझ सुलभ दरमा भ्वाइस तथा एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले मात्र रु १० (कर सहित रु १२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरिएको आकर्षक ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ ।
यो प्याक सुचारु गर्ने ग्राहकहरुले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार चैत्र ६ बाट ९० दिनका लागि संचालनमा आएको यो प्याकअन्तर्गत पाईने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० देखि बिहान ६ बजे सम्मको समयमा प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुन्छ ।
ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स २ ह्यास डायलगरी वा एस्ट्रिक्स१७११८ह्यास डायल गरी तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्छन् । साथै अंग्रजीमाएनयु टाइपगरी १७११८ मा एसएमएस पठाई पनि यो प्याकलिन सकिन्छ । आफ्नो आवश्यकताअनुसार ग्राहकले यो प्याक जति पटक पनि खरिद गर्न सक्नेछन् ।
यस प्याकअन्तर्गत उपलब्ध हुने टक टाइम र एसएमएस खपत गरी सकेपछि विद्यमान दरमा यी सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिबद्घताअनुरुप भ्वाइस र एसएमएस बन्डलिङ सहितको यो आकर्षक प्याक ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।
एनसेलले गत पुष १६ देखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिँदै आएको छ । यो योजनाअन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन् ।
यो योजनाअन्तर्गत यदि ग्राहकले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन् । त्यसैगरी यदि ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउँछन् ।
ग्राहकको आवश्यकताअनुसारको सेवाप्रदान गर्न एनसेलले १२ मिनेट देखि ७२० मिनेट सम्म टक टाइम रहेको विभिन्न ११ भ्वाइस प्याकहरु प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित: ८ चैत्र २०७६, शनिबार