नोकियाको पहिलो ५जी स्मार्टफोन नोकिया ८.३ ५जी लन्च, ६४ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप

Technology Khabar ७ चैत्र २०७६, शुक्रबार

काठमाडौं ।

नोकियाको पहिलो आधिकारीक ५जी स्मार्टफोन लन्च भएको छ । एचएमडी ग्लोबलले नोकिया ८.३ ५जी स्मार्टफोन लन्च गरेको हो ।

यो प्रिमियम मिड रेन्जको स्मार्टफोन हो र यो नोकिया ८.१ को अपग्रेड भर्सन हो । यो फोनमा स्न्यापड्रागन ७६५ प्रोसेसर रहेको छ जून ५जी मोडेमसहित आउँछ ।

फोन पन्च होल डिस्प्ले डिजाइनमा रहेको छ ।

नोकिया ८.३ स्मार्टफोनमा फूलएचडी प्लस रिजोल्यूशन तथा अलवेज अन एचडिआर सपोर्ट रहेको छ भने फोनमा ६.८ इन्चको प्योरडिस्प्ले स्क्रीन रहेको छ ।

फोनमा थ्रीडी गोरिल्ला ग्लास प्रोटेक्सन दिईएको छ । यो फोन पोलर नाइट कलर अप्सनमा आउँछ ।

नोकियाको यो फोनमा फोटोग्राफीका लागि प्यारेभ्यू क्वाड क्यामरा सेटअप दिईएको छ । यो सेटअपको प्राइमरी क्यामरा ६४ मेगापिक्सेलको छ भने ४ के अल्ट्रा एचडी सपोर्टका साथ १२ मेगापिक्सेलको वाइड एंगल क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा तथा २ मेगापिक्सेलको डेप्थ क्यामरा छ ।
सेल्फीका लागि फ्रन्टमा २४ मेगापिक्सेलको क्यामरा राखिएको छ ।

फोनमा ४,५०० एमएएचको ब्याट्री प्याक छ भने एन्ड्रोयड १० मा संचालन हुन्छ ।

नोकिया ८.३ ५जी स्मार्टफोनको ६जीबी ६४ जीबी स्टोरेज भेरिएन्टको मूल्य ५९९ यूरो तोकिएको छ । त्यसैगरि अर्को ८जीबी १२८ जीबी स्टोरेजको मूल्य भने ६४९ यूरो रहेको छ ।

प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया