Technology Khabar ७ चैत्र २०७६, शुक्रबार
काठमाडौं ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ।
इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागि लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो ।
इसेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्सफर) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्सफर पनि निशुल्क बनाइएको हो ।
‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौँ, इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने
इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ ।
प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार