Technology Khabar ७ चैत्र २०७६, शुक्रबार
काठमाडौं ।
रेडमी के३० प्रो को बारेमा गएको केहि दिनदेखि धेरै खबरहरु सार्वजनिक भईरहेको छ । यसै बारेमा कम्पनीले पनि हालैमा २४ मार्चका दिन चिनियाँ मार्केटमा यस फोनलाई लन्च गर्ने पुष्टि भएको थियो । त्यस्तै हाल कम्पनीले यस फोनको फुल डिजाइनलाई अफिशियल रुपमा पोस्टरको माध्यमबाट सार्वजनिक गरेको छ ।
चीनको माइक्रो ब्लगिंङ वेबसाइट विबोमा रेडमीले आफ्नो अकाउन्टमा एक टिजर शेयर गरेको छ, जसबाट रेडमी के३० प्रो को डिजाइनको बारेमा खुलासा भएको हो । यस स्मार्टफोनमा फुल स्क्रिन प्यानल पञ्चहोल बिना नै रहने छ र यसमा सेल्फिको लागी पपअप क्यामरा मेकानिजम रहने छ ।
यसबाहेक ब्याकमा सर्कुलर डिजाइनको क्यामरा सेटअप हुने छ । यसको रियरमा क्वाड क्यामरा सेटअप रहने छ, जसको प्राईमरी क्यामरा सेन्सर ६४ मेगापिक्सलको हुने छ । सेटअपको ठिक तल एलईडि फ्ल्यास लाईट हुने छ ।
फोनको ब्याक प्यानलमा ग्रेडिएन्ट फिनिश र टपमा ग्लास प्रोटेक्शन देख्न सकिने छ । यसबाहेक फोनमा ३.५ एमएमको हेडफोन ज्याक र इन्फ्रारेड (आईआर) ब्लास्टर रहने कुरा यस पोस्टबाट पुष्टि भएको छ ।
यसबाहेक कम्पनीले धेरै टिजर जारी गरेको छ, जसअनुसार फोन यूएफएस ३.१ स्टोरेज सँगै आउने छ । यस डिभाइसमा ७५० एमबिपीएस सम्मको राइड स्पिड रहने छ । साथै यसमा यूएफएस ३.१ रहने छ ।
यसबाहेक केहि रिर्पोटहरु अनुसार रेडमी के३० प्रो मा जूम एडिशन हुने छ । यस फोनमा ५०एक्स जूम सर्पोट सँगै आउन सक्ने अनुमान पनि लगाइएको छ । एजेन्सी
प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार