गूगलको नयाँ ट्रान्सक्रिप्शन फिचर, रेक‍र्ड गरेको कुरा स्मार्टफोनको टेक्स्टमा परिवर्तन गर्न सकिने

  • Technology Khabar | ६ चैत्र २०७६, बिहीबार
गूगलको नयाँ ट्रान्सक्रिप्शन फिचर, रेक‍र्ड गरेको कुरा स्मार्टफोनको टेक्स्टमा परिवर्तन गर्न सकिने

काठमाडौं ।

गूगलले आफ्नो गूगल ट्रान्सलेट सर्भिसका लागी नयाँ ट्रान्सक्रिप्शन फिचर लिएर आएको छ । यस फिचरलाई यसै वर्षको जनवरीमा शोकेस गरिएको थियो । कम्पनीले हाल यस फिचरलाई रोलआउट गरिरहेको छ।

यस फिचरको सहयोगमा यूजरले आफ्नो कुरालाई एक भाषामा रेकर्ड गर्न सक्दछन् र पछि यसलाई स्मार्टफोनमा टेक्स्टमा ट्रान्सलेट गर्न सक्नेछन । यसको खास कुरा यो रियलटाइममा हुन्छ र यसमा एकदमै कम समय मात्रै लाग्दछ ।

कम्पनीले यस फिचरलाई यस हप्ताको अन्य सम्ममा सबै एन्ड्रोएड यूजरहरुसम्म पुर्याउने घोषणा गरेको छ । हाल यस फिचरले अँग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, रशियन, पोर्चुगीज, थाई र स्पेनिश भाषालाई सर्पोट गर्दछ । यसको अर्थ यूजरले पहिले यी मध्ये कुनै भाषालाई सुनेर त्यसलाई अर्को उपलब्ध भाषामा कन्भर्ट गर्न सक्दछन ।

नयाँ फिचरलाई लाईभ भाषण, लेक्चर वा अन्य इभेन्टहरुमा प्रयोग गर्न सकिने छ । कम्पनीले ट्रान्सक्रिप्शन फिचर अडियो सँगै लगातार पुरा वाक्यलाई अडियो सँगै बुझ्ने सक्ने जनाएको छ । यसैको नतिजा स्वरुप यसले ब्याकरणमा पनि कम गल्तिहरु गर्दछ ।

यस फिचरलाई परीक्षण गर्नको लागी एन्ड्रोएडको ट्रान्सलेट एपमा गएर यसको लेटेस्ट भर्जन अपडेट रहे नरहेको कन्र्फम गर्नुपर्दछ । यसपछि होम स्क्रिनमा रहेको ट्रान्सक्राइब आइकनमा ट्याप गर्नुपर्दछ र सोर्स सेलेक्ट गरेर ड्रप डाउन मेन्युमा टार्गेट भाषा छनोट गर्नुपर्ने छ ।

यसमा यूजरले ट्रान्सक्रिप्शनलाई माइक आइकनमा ट्याप रोक्न वा रिस्टार्ट पनि गर्न सक्दछन् । यतिमात्रै नभई यसमा युजरले ओरिजीनल ट्रान्सक्रिप्ट लाई देख्नुका साथै यसको साइज बदल्न पनि सक्ने छन । यो फिचर डार्क मोड थीममा पनि आउदछ जसलाई यूजरले सेटिंग्स मेन्युमा गएर सेलेक्ट गर्न सक्दछन । एजेन्सी

प्रकाशित: ६ चैत्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...