वनप्लसले परिवर्तन गर्यो आफ्नो लोगोको डिजाइन, नयाँ फन्ट र नयाँ रंगहरुको प्रयोग

  • Technology Khabar | ५ चैत्र २०७६, बुधबार

काठमाडौं ।

स्मार्टफोन मेकर वनप्लसले आज आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ लोगोमा केहि डिजाइनहरु परिवर्तन गरिएको छ ।

जसअन्तरगत अंग्रेजी अंक वनको डिजाइनमा परिवर्तन भएको छ भने प्लसको चिन्हलाई केहि ठूलो आकार बनाईएको छ ।

कम्पनीले यसलाई आफ्नो कम्युनिटीसँगको थप प्रतिबद्धता भएको बताएको छ ।

यसका साथै कम्पनीले नयाँ फन्ट पनि ल्याएको छ जसलाई कम्पनीले अझै सुधार भएको र आँखाको लागि सहज हुने किसिमको भएको बताएको छ ।

वनप्लसको मुख्य स्लोगनको टेक्स्ट फन्ट पनि परिवर्तन गरेको छ र नयाँ फन्टसहित अंग्रेजीमा नेभर सेटल लेखिनेछ ।OnePlusकम्पनीले नयाँ लोगो डिजाइन सार्वजनिक गरेपनि सो आफ्नो अक्सिन अपरेटिंग सिस्टममा पनि आउँछ वा आउँदैन भन्ने बारेमा भने जानकारी दिएको छैन् ।

OnePlus

प्रकाशित: ५ चैत्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया