काठमाडौं ।
भारतको रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले आफ्नो प्रेस कन्फ्रेन्समा भारतीय जनतालाई नगदको सट्टा डिजिटल पेमेन्ट अपनाउन र यसको प्रयोग अझ बढाउन सल्लाह दिएको छ ।
आरबीआईका गभर्नर शक्तिकान्ता दासले मानिसहरुलाई भिडभाड हुने ठाउँमा नजान र क्यासको सट्टामा डिजीटल वा अनलाईन पेमेन्ट अपनाउन सल्लाह दिँदै बाहिर गएर क्यासको प्रयोग गर्नु सट्टा घरमै बसेर मोबाइल, इन्टरनेट बैंकिंग वा कार्डसको माध्यमबाट पेमेन्ट गर्न सल्लाह दिएका हुन ।
यतिमात्रै नभई आरबिआईले यसैको लागी एक नोटिफिकेशन पनि जारी गरेको छ र यसलाई आरबिआईको वेबसाइटमा देख्न सकिने छ ।
आरबिआईले आफ्नो नोटिफिकेशनमा प्रष्ट रुपमा भारतीय जनतालाई नगदरहित डिजिटल पेमेन्ट्स अप्शनको माध्यमबाट सामान खरिदको भुक्तान गर्न सकिने उल्लेख गरेको छ ।
यसबाहेक आरबिआईले कोरोनाभाइरस महामारीलाई फैलनबाट रोक्नको लागी सामाजिक सम्पर्क कम गर्न र सार्वजनिक स्थानहरुमा नजान भन्दै घरबाट नै मोबाइल बैकिंग, इन्टरनेट बैकिंग, कार्डस आदिको माध्यमबाट आफ्नो पेमेन्ट गर्न आग्रह गरेको छ ।
हालसम्म क्यास करेन्सीको माध्यमबाट कहिँपनि कोरोना नफैलिएको भएतापनि भारतीय रिजर्भ बैंकले सम्भावित खतरालाई कम गर्न यस्तो नोटिफिकेशन नोट सार्वजनिक गरेको रिपोर्टहरुमा उल्लेख छ।
भारतमा हाल कोरोनाप्रकोपले मानिसको मृत्यु समेत भइसकेको छ र यसलाई नियन्त्रण गर्न भारत सरकारले आफ्नो तर्फबाट भरमग्दुर प्रयास गरिरहेको छ । एजेन्सी
प्रकाशित: ५ चैत्र २०७६, बुधबार