ओपोद्वारा नेपालमा ओपो एफ१५ सार्वजनिक, अल्ट्रा-स्लिक प्याकेजमा प्रो फोटोग्राफी

  • Technology Khabar | ५ चैत्र २०७६, बुधबार

काठमाडौं ।

ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ१५ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओपोको अनलाइन लञ्च ईभेन्टमार्फत फोन सार्वजनिक गरेको हो ।

४८ एमपी अल्ट्रा वाइड एंगल म्याक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओपो एफ१५ले ह्याण्डसेटमार्फत नै प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

एफ सिरिजको डिजाइन नै यूवा पूस्तालाई सुदृढ दृश्यानुभुति, गुणस्तर, ट्रेण्डिनेस र जीवनमा सहजताको अनुभव प्रदान गर्न गरिएको हो ।

‘ओपो एफ१५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत आफ्नो ह्याण्डसेटकै माध्यमबाट धेरैभन्दा धेरै काम गर्न सकियोस् भन्ने चाहना राख्ने यूवा पुस्तालाई अपिल गर्ने लक्ष्य राखेको छ । एफ सिरिज अन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ ब्यवसायिक (नजिक) देखिने तस्विर खिच्न सघाउँछ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

बजार उपलब्धता र मूल्य

मूल्य ३९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको ओपो एफ१५ चैत्र १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुनेछ । नयाँ फोन यूनिकर्ण ह्वाइट र लाईटनिङ ब्ल्याक गरि दूई आकर्षक रंग उपलब्ध गरिने कम्पनीले जनाएको छ ।

यसबाहेक कम्पनीले रेनो सिरिज अन्तर्गत नयाँ स्मार्टफोन, ओपो रेनोथ्री र ओपो एन्को फ्रि पनि सार्वजनिक गरेको छ ।

ओपो रेनोथ्रीको मूल्य रु. ४६,९९० र ओपो एन्को फ्रिको मूल्य रु ९,९९० निर्धारण गरिएको छ । दूबै उत्पादन चैत्र ४ गते देखि नै बजारमा उपलब्ध हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले जानकारी दिए ।

प्रकाशित: ५ चैत्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार