काठमाडौं ।
विश्वमा हाल अनियन्त्रित रुपमा फैलँदै गईरहेको विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोनाभाइरसको कारण हाल विश्वको सबै क्षेत्र अस्तव्यस्त बनेको छ । हालसम्म यस भाइरसको कारणले ७ हजारभन्दा धेरै मानिसहरुले ज्यान गूमाईसकेका छन भने १ लाख ८० हजार मानिस यसबाट सक्रमित रहेका छन । हाल विश्व यसै भाइरसको कारणले एकत्रित भईरहेको छ । कोरोनाका कै डरका कारणले टेक क्षेत्रका धेरै कार्यक्रम तथा आयोजनाहरु रद्द भईसकेको छ, जसमा मोबाइल वल्र्ड कंग्रेश, गूगल आई/ओ र अन्य धेरै इभेन्टहरु रहेका छन । धेरै इभेन्टहरु आयोजनाका केहि घण्टाअघि मात्रै पनि रद्द भईरहेका छन । हाल यस महामारीको प्रभाव सबैतिर खुल्ला रुपमा देखिँदै आएको छ र यसैमध्येको एकको रुपमा हाल गूगलको प्ले एप रिभ्युमा पनि देखिएको छ ।
कोभिड–१९ क्वारेन्टाइनको प्रभाव जसले एन्ड्रोएड डेभलपरहरुलाई एप रिभ्यु समयमा नकारात्मक रुपमा असर गर्न सक्दछ । यदि यूजरको एप रिभ्यु गर्नु आवस्यक परेमा गूगलका कसैले यो कार्य गर्नु पर्दछ ।
हाल गूगलले आफ्ना कर्मचारीहरुलाई कोरोना महामारीको सावधानीस्वरुप समायोजन गरिरहेको छ । गूगलको एक विज्ञप्तिमा कम्पनीको कर्मचारीहरुको समायोजित कार्यतालिकाको कारणले गर्दा एप रिभ्युको समय ७ दिन वा यो भन्दा अझ बढि लाग्न सक्ने उल्लेख गरिएको छ ।
गूगलले आफ्नो विज्ञप्तिमा आफुहरुले आउँदो भविष्यमा यस अवस्थामा राम्रो हुन सक्ने आशा नगरेको र हाल यो अवस्था विश्वभर चरम अवस्थामा रहेको जनाएको छ । कम्पनीले यसै अवस्थालाई मध्यनजर गर्दै आउँदो हप्तामा कम्पनीको आन्तरीक नियमहरुलाई अझ कडा बनाउने बताएको छ । कम्पनीले कोरोनाभाइरसको महामरीले विश्वलाई परिवर्तन गरिरहेको र यसको प्रभाव सबैको जिवनलाई पनि पारिरहेको बताउँदै हाल सबैले यसको विरुद्दमा लड्न आवस्यक रहेको कुरा आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रकाशित: ५ चैत्र २०७६, बुधबार