
काठमाडौं ।
विश्वभर फैलिएको कोरोनाभाइरसको प्रकोपले यूरोपेली देशहरुसहित अमेरिका पनि प्रभावित भएको छ । विश्वभर फैलिएको भाइरसका कारण टेक जायन्ट कम्पनीहरुमा पनि यसको असर देखिएको छ ।
कोरोनाभाइरसको त्रास बढिरहेको बेला सामाजिक संजालहरुमा भ्रामक र गलत सूचनाहरु आउने क्रम पनि जारीछ । जसलाई रोक्न टेक कम्पनीहरु संयुक्तरुपमा नै लागेका छन्, अझ सोशल मिडिया कम्पनीहरु सबैभन्दा अगाडि रहेका छन् ।
हालै सोशल मिडिया कम्पनीहरुले संयुक्तरुपमा विज्ञप्ति नै जारी गरेर कोभिड १९ को बारेमा आएका भ्रामक र गलत जानकारी तथा समाचारहरुलाई रोक्ने बताएका छन् । उनीहरुले त्यस्तो गलत सूचनाहरुलाई फ्ल्याग गर्ने र आफ्ना यूजर्सलाई सो बारेमा जानकारी गराउने बताएका हुन् ।
‘हामी अन्य कम्पनीहरुलाई पनि हाम्रो कम्यूनिटीहरुलाई स्वस्थ र सुरक्षित राख्न सहकार्य गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
Joint Industry Statement from @Facebook, @google, @LinkedIn, @Microsoft, @reddit, @Twitter and @YouTube https://t.co/8H1XVFt2N0 pic.twitter.com/GGJdX7mFKb
— Meta Newsroom (@MetaNewsroom) March 17, 2020
सोशल मिडिया कम्पनीहरुले कोभिड १९ को बारेमा हुने फ्रड, गलत जानकारीहरुलाई रोक्न संयुक्तरुपमा काम गरिरहेको भन्दै आधिकारीक कन्टेन्टहरु मात्र सो प्लेटफर्ममा राखिने बताएका हुन् ।
सामाजिक संजाल कम्पनीहरुले आफ्नो प्लेटफर्ममा भ्रामक किसिमका विज्ञापनहरु राख्ने र मानिसहरुमा त्रास फैलाउने किसिमका विज्ञापनहरुलाई रोक्ने छन भने मेडिकल फेस मास्क बिक्रीको विज्ञापन अस्थाईरुपमा रोक्नेछन् ।
यसका साथै २ करोड अमेरिकी डलर कोभिड १९ विरुद्ध लड्नका लागि विश्व स्वास्थ्य संगठनलाई सहयोग दिने घोषणा समेत गरेका छन् ।
यस्तो संयुक्त सहकार्यमा फेसबुक, गूगल, लिंक्डइन, माइक्रोसफ्ट, रेडिट, ट्विटर र यूट्यूब रहेका छन् ।
प्रकाशित: ४ चैत्र २०७६, मंगलवार