
काठमाडौं ।
चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले स्मार्टफोन र अन्य डिभाइसहरुको लागी नयाँ पावरबैंक लन्च गरेको छ । शाओमीको यस नयाँ पावरबैंकबाट कुनैपनि ह्यान्डसेटलाई वायरलेस चार्ज गर्न सकिने छ ।
यसबाट यूजरहरुले आफ्नो स्मार्टफोन तथा वायरलेस इयरफोनहरु यसबाट वायरलेसरुपमा नै चार्ज गर्न सक्दछन्।
कम्पनीको नयाँ वायरलेस पावरबैंकबाट एकै समयमा एकभन्दा धेरै डिभाइसहरु चार्ज गर्न सकिन्छ । अर्थात यसबाट कुनै स्मार्टफोनलाई केबलको सहयोगमा चार्ज गर्न सकिन्छ भने त्यहि समयमा अर्को डिभाइसलाई वायरलेस रुपमा चार्ज गर्न सकिन्छ ।
यसमा यूजरले १०,००० एमएएचको ब्याट्री ब्याकअपको रुपमा पाउने छन । जसबाट निकै राम्रो सेवा पाइने छ । शाओमीले यस पावर बैंकलाई पहिलो लन्च भारतीय मार्केटमा गरेको छ । कम्पनी यस डिभाइसको मुल्य भारतमा ३६ अमेरिकी डलर राखेको छ ।
यसका विशेषताहरु
– क्युआई–सर्टिफाइड
–वायर्ड र वायरलेस दुबै तरिकाले चार्ज गर्न सकिने
–१० वाटको फास्ट वायरलेस चार्जिंग सर्पोट
–१८ वाटको फास्ट चार्जिंगको सर्पोट (यूएसबी–ए)
–यूएसबी सी इनपुट
शाओमीको यस पावरबैंकले १८ वाटको फास्ट चार्जिंगसँगै यूएसबी–आउटपुट पोर्ट र यूएसबी–सी इनपुट पोर्ट दुबैलाई सर्पोट गर्दछ । जसले प्रयोगकर्ताको यात्रालाई विश्वसनिय बनाउने देखिन्छ ।
कम्पनीको यस पावरबैंकको बारेमा शाओमी इन्डियाका मनु कुमार जैनले ट्विट गरि यसको लन्च र फिचरहरुको बारेमा जानकारी दिएका हुन ।
प्रकाशित: ४ चैत्र २०७६, मंगलवार