Technology Khabar ४ चैत्र २०७६, मंगलवार
काठमाडौं ।
भीभो भी१९ लाई लिएर हाल कम्पनीले यसलाई चाडै नै भारतीय मार्केटमा लन्च गर्न सक्ने अनुमान लगाइएको छ । लन्च अघि यस डिभाइसको केहि प्रमोशनल पोस्टर सार्वजनिक भएको थियो ।
हालै आएको एक रिर्पोटमा फोनको पुरा स्पेसिफिकेशन्स र मुल्यबारेको जानकारी रहेको छ र यो जानकारी नाम नबताउने सर्तमा कम्पनीको अफिशियलबाट प्राप्त भएको उल्लेख गरिएको छ ।
भीभो भी १९ यसअघि इन्डोनेशियामा लन्च भईसकेको छ । तर यो भारतीय भेरियन्ट इन्डोनेशियामा लन्च भईसकेको डिभाइस भन्दा फरक हुने छ । इन्डोनेशियामा लन्च भएको डिभाइसमा यसअघिको भीभो भी१७ कै स्पेक रहेको छ ।
भीभो भी १९ भारतमा स्न्यापड्रयागन ७१२ एसओसी र डुअल पञ्चहोल क्यामरा सँगै आउने छ । इन्डोनेशियन मार्केटमा फोन स्न्यापड्रयागन ६७५ चिपसेट र सिंगल पञ्चहोल क्यामरासँगै सार्वजनिक भएको थियो ।
भीभो अफिशियलकाअनुसार भीभो भी१९ मा ६.४४ इन्चको एफएचडी प्लस डुअल भ्यु आईभ्यु ई३ सुपर एमोलेड डिस्प्ले २०ः९ एस्पेक्ट रेशियो र ४०९पीपीआई सहित हुने छ । भी१९ मोडल भारतमा २.३जीएचजेड अक्टाकोर स्न्यापड्रयागन ७२१ एसओसीसँगै लन्च हुने छ । त्यस्तै फोन ८जीबी र्याम र दुई भेरियन्ट १२८जीबी र २५६जीबीसँगै सार्वजनिक हुने छ । यस ह्यान्डसेटमा ट्रिपल कार्ड स्लट हुनेछ, जसमा दुई सिमकार्डसँगै एक माईक्रोएसडी कार्डको प्रयोग गर्न सकिने छ । माईक्रोएसडी कार्डको सहयोगमा फोनको स्टोरेज अझ २५६जीबी सम्म बढाउन सकिने छ ।
कम्पनीले भीभो भी१९ लाई ग्लास डिजाइनसँगै पेश गर्न सक्ने छ, जसको जानकारी लीक भएको इमेजमा देखिएको छ । यसबाहेक फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर हुने छ । र यो फोन भारतमा दुई कलर अप्शन माईस्टिक सिल्भर र पियानो ब्ल्याकसँगै आउने छ ।
फोनको रियरमा एल शेपको क्वाड क्यामरा सेटअप हुने छ । यस मामिलामा भने भीभो भी१९ को इन्डोनेशियन भेरियन्ट र भारतीय भेरियन्ट एकै जस्तो नै हुनेछ । फोनमा ४८ मेगापिक्सेलको मुख्य सेन्सर, ८ मेगापिक्सेलको सुपर वाइड एंगल लेन्स, २ मेगापिक्सेलको माइक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सर हुने छ । त्यस्तै फोनको फ्रन्टमा डुअल पञ्चहोल क्यामरा हुने छ, जसमा ३२ मेगापिक्सेलको मेन सेन्सर र ८ मेगापिक्सेलको वाइड एंगल लेन्स हुने छ ।
फोनमा पावर ब्याकअपको लागी ४,५०० एमएएचको ब्याट्री ३३ वाटको फास्ट चार्जिंग २.० सँगै रहने छ । यसबाहेक फोन एन्ड्रोएड १० बेस्ड फनटच ओएस १० मा रन गर्ने छ । कनेक्टिभिटीको अप्शनको लागी डिभाइसमा वाईफाई ८०२.११ ए/बि/जी/एन, ब्लूटूथ ५.०, ४जी र टाइप सी पोर्ट हुने छ ।
भीभो भी१९ भारतमा करिब २५,००० भारतीय रुपैयाँमा लन्च हुन सक्ने छ । भीभो भी१९ को ८जीबी र्याम र १२८जीबी मोडल इन्डोनेशियामा ४२,९९,००० इन्डोनेशियन डलर र ८जीबी प्लस २५६जीबी मोडल ४९,९९,००० इन्डोनेशियन डलरमा लन्च भएको थियो । एजेन्सी
प्रकाशित: ४ चैत्र २०७६, मंगलवार