स्मार्टफोन मेकर वनप्लसले आफ्नो ब्राण्ड लोगो परिवर्तन गर्दै, यस्तो छ नयाँ लोगोको डिजाइन

Technology Khabar ४ चैत्र २०७६, मंगलवार

काठमाडौं ।

स्मार्टफोन मेकर वनप्लसले आफ्नो फ्ल्यागशिप स्मार्टफोन वनप्लस ८ सिरिज लन्च गर्ने तयारी गरिरहेको छ । तर यसअघि नै कम्पनीले आफ्नो ब्राण्ड लोगो परिवर्तन गर्ने योजना गरेको छ ।

कम्पनीले हालै आफ्नो रिब्राण्डको लागि नयाँ लोगो ट्रेडमार्कद्धारा दर्ता गरेको छ । कम्पनीले चीनको नेशनल ट्रेडमार्क अफिसमा नयाँ लोगोको लागि सन् २०१९ नोभेम्बरमा दर्ता गरेको हो र हालै सो लोगो कम्पनीलाई दिईएको छ ।

वनप्लसको लोडो ब्राण्ड शुरु भएदेखि नै परिवर्तन भएको छैन् ।

यसबाहेक कम्पनीले बुधबार केहि नयाँ विषय सार्वजनिक गर्ने अनुमान गरिएकोछ । वनप्लसले चीनको सोशल मिडिया वेबोमार्फत सो जानकार दिएको हो । यसअघि सो वनप्लस ८ सिरिज भएको अनुमान गरिएको थियो तर संभवत कम्पनीले नयाँ ब्राण्ड लोगो सार्वजनिक गर्नेछ ।

कम्पनीको पुरानो लोगो र नयाँ लोगोमा खासै केहि परिवर्तन देखिँदैन सिवाय कलर अप्सन, पुरानो लोगोाम रातो रंग प्रयोग गरिएको थियो भने टेक्स्टहरु सेतो कलरमा थिए तर अहिलेको नयाँ लोगोको डिजाइन उस्तै रहेपनि कलर ब्याकग्राउण्ड सेतो र टेक्स्ट कलर कालो राखिएको छ भने अक्षरहरुको फन्ट पनि परिवर्तन गरिएको छ ।OnePlus

वनप्लसलेआफ्नो नयाँ सिरिजका फोनहरु अफ्रि १५ मा लन्च गर्ने निकै संभावना रहेकोछ । एजेन्सी

प्रकाशित: ४ चैत्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया