शाओमी एमआई १० प्रोको क्यामराले अन्तरिक्षबाट क्लिक गर्यो पृथ्वीको शानदार तस्विरहरु

  • Technology Khabar | ३ चैत्र २०७६, सोमबार
शाओमी एमआई १० प्रोको क्यामराले अन्तरिक्षबाट क्लिक गर्यो पृथ्वीको शानदार तस्विरहरु

काठमाडौं ।

स्मार्टफोन मेकर कम्पनी शाओमीको आफ्नो शाओमी एमआई १० प्रो स्मार्टफोन लन्च सँगै डिएक्सओमार्क रेटिंग बेस्ट क्यामरा स्मार्टफोन बनेको थियो । हाल डिएक्सओमार्क बेस्ट क्यामरा स्मार्टफोनको रुपमा ओपोको ओपो फाइन्ड एक्स२ प्रो रहेको छ ।

शाओमी को एमआई १० प्रो स्मार्टफोनमा शानदार १०८ मेगापिक्सेलको प्राइमरी क्यामरा सेन्सर रहेको छ ।

कम्पनीले एक भिडियो पोस्ट गर्दै आफुहरुले एक स्याटेलाइटमा कम्पनीको एमआई १० प्रोमा रहेको क्यामरा सेन्सर लगाएको र यसबाट केहि फोटोहरु खिचिएको उल्लेख गरेको छ ।

शाओमीले शेयर गरेको यी फोटोहरु पृथ्विबाट ५ सय किलोमिटर माथिबाट क्लिक गरिएको बताएको छ । कम्पनीले एमआई कम्युनिटी ब्लगमा यी फोटोहरु र भिडियोलाई शेयर गरेको हो । यी फोटोहरुको बारेमा शाओमीले हाल धेरै टेक्निकल जानकारी भने शेयर गरेको छैन ।

शाओमी एमआई १० प्रो स्मार्टफोनको क्यामरा सेटअपको कुरा गर्दा यस फोनमा क्वाड क्यामरा सेन्सर रहेको छ । एमआई १० प्रो स्मार्टफोनको प्राइमरी क्यामरा सेन्सर १०८ मेगापिक्सेलको रहेको छ जुन १०एक्स हाइब्रिड अप्टिकल जूम लेन्ससँगै रहेको छ । १०८ मेगापिक्सेल क्यामरा सेन्सर ८ पिक्सल लेन्स सँगै आउने हाई रेज्योलुशन कस्टम क्यामरा सेन्सर हो । यसको साथै एमआई १० प्रो स्मार्टफोनमा डेडिकेटेड १२ मेगापिक्सलको पोर्टेड लेन्स सँगै डेडिकेटेड टेलीफोटो लेन्स रहेको छ जुनले १०एक्स हाइब्रिड अप्टिकल जूम र ५०एक्स डिजिटल जूम सर्पोट गर्दछ ।

त्यस्तै क्यामरा सेटअपमा २० मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा लेन्स रहेको छ । यसको साथै एमआई १० प्रो स्मार्टफोनमा उत्कृष्ट फोटोग्राफीको लागी धेरै क्यामरा फिचर दिईएको छ जसमा ड्युल ओआईएस, लेजर फोकस, एआई सीन रिकोग्नाइजेशन रहेको छ । एजेन्सी

प्रकाशित: ३ चैत्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...