अनलाइन स्ट्रिमिङ्ग कम्पनीहरुले रोके फिल्म र टिभी शो प्रडक्सनको काम

  • Technology Khabar | ३ चैत्र २०७६, सोमबार
अनलाइन स्ट्रिमिङ्ग कम्पनीहरुले रोके फिल्म र टिभी शो प्रडक्सनको काम

काठमाडौं ।

अमेरिका र यूरोपमा कोरोनाभाइरसको प्रकोप बढेसँगै अनलाइन स्ट्रिमिङ्ग कम्पनीहरु नेटफ्लिक्स र डिज्नेले आफ्नो फिल्महरु र टिभी कार्यक्रम उत्पादनलाई रोकेका छन् ।

नेटफ्लिक्सले टिभी र फिल्म उत्पादनलाई अमेरिका र क्यानाडा दुबै देशहरुमा आगामी २ सातासम्मका लागि रोकिएको जानकारी दिएको छ ।

यसका साथै डिज्नेले कम्पनीको प्रडक्सनहरुमा कोभिड १९ को केस देखिएको भन्दै छोटो अवधिको लागि केहि फिल्म उत्पादनहरुको काम रोकिएको द भर्जको रिपोर्टमा उल्लेख छ ।

दूबै कम्पनीहरुका महत्वपूर्ण फिल्महरु र टिभी कार्यक्रमहरु प्रभावित भएका छन भने नयाँ रिलिज डेटहरु अस्पष्ट रहेका छन् ।

यसअघि नै अर्को प्रडक्सन कम्पनी वानर ब्रदर्सले कलाकार टम ह्यांक्सलाई कोरोनाभाइरस पोजिटिभ देखिएपछि आफनो सबै प्रडक्सन बन्द गरेको थियो ।

प्रकाशित: ३ चैत्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...