अनलाइन गेम कल अफ ड्यूटीको ‘वारजोन’ सार्वजनिक, २४ घण्टामा नै ६० लाख प्लेयर सहभागी

  • Technology Khabar | २ चैत्र २०७६, आईतवार
अनलाइन गेम कल अफ ड्यूटीको ‘वारजोन’ सार्वजनिक, २४ घण्टामा नै ६० लाख प्लेयर सहभागी

काठमाडौं ।

अनलाइन गेम कल अफ ड्यूटी अन्तरगतको ब्याटल रोयल गेम वारजोन लन्च भएसँगै सो गेमले निकै चर्चा पाएको छ । सो गेम लन्च भएको २४ घण्टामा नै करिब ६० लाख खेलाडीहरु सहभागी भएका छन् ।

कम्पनीले सो गेमलाई एक्सबक्स वान, प्लेस्टेशन ४ र पिसीमा लन्च गरेको थियो ।

वारजोन एउटा छुट्टै ब्याटल रोयल गेम हो । जसको २४ घण्टाका सहभागीको संख्या बारेमा कम्पनीले हालै ट्विट गरेर जानकारी दिएकोछ ।

https://twitter.com/CallofDuty/status/1237865764167639041

सो गेममा भर्डान्स्क नामक काल्पनिक शहरको सिर्जना गरिएको छ जहाँ एकैपटक १५० जना प्लेयरहरुले संयुक्तरुपमा फाइट गर्न सक्दछन् । यो एउटा ब्याटल रोयल गेभ भएपनि यसमा दुईवटा मोडहरु रहेका छन जसलाई ब्याटल रोयल र प्लन्डर नाम दिईएको छ ।

यसमा भएको ब्याटल रोयल मोड अन्य गेम्स पबजी र फोर्टनाइटमा भएको भन्दा फरक रहेको बताईएको छ।

प्रकाशित: २ चैत्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...