प्राइम कमर्शियल बैंकद्धारा कैलाश विकास बैंक प्राप्ति, एकिकृत कारोबार शुरु

  • Technology Khabar | २९ फाल्गुन २०७६, बिहीबार
प्राइम कमर्शियल बैंकद्धारा कैलाश विकास बैंक प्राप्ति, एकिकृत कारोबार शुरु

काठमाडौं ।

प्राइम कमर्सियल बैंक लिमिटेडले कैलाश विकास बैंक मिमिटेडलाई प्राप्ति पश्चातको एकिकृत कारोबार शुभारम्भ गरेको छ ।

आज एक समारोह बीच बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले कैलाश विकास बैंकलाई प्राप्ति पश्चात एकिकृत कारोवार शुरु गरे ।

बैंकले विभिन्न वित्तीय संस्थाहरुलाई प्राप्तिगरी आफ्नो पूँजी बृद्धि गर्ने योजना अन्र्तगत कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति गरिएको हो । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १३ अर्व ९८ करोड पुगेको छ भने निक्षेप करिब रु.१३० अर्व तथा कर्जा लगानी रु. ११४ अर्व पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा संख्या २०० पुगेको छ ।

प्रमुख आर्थिक गतिविधिहरु हुने स्थानहरुका अतिरिक्त शाखा संजाल देशव्यापी बनेको बैंकले जनाको छ ।

प्रकाशित: २९ फाल्गुन २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार