गूगलले एन्ड्रोयड स्मार्टफोन ब्राण्डहरुले प्रयोग गर्ने बेन्चमार्किङ्ग एप एनटूटूलाई प्ले स्टोरबाट हटायो

Technology Khabar २९ फाल्गुन २०७६, बिहीबार

काठमाडौं ।

डिभाइसहरुको बेन्चमार्किङ्गको लागि निकै चर्चित एप्स एनटूटू(Antutu)लाई गूगलले हटाएको छ । अब सो एप प्रयोग गरेर डिभाइसहरुको बेन्चमार्किङ्ग गर्न नपाईने भएको छ किनकी प्ले स्टोरमा अब सो उपलब्ध हुनेछैन् ।

सो एप अधिकांश एन्ड्रोयड स्मार्टफोन प्रयोगकर्ताहरुले प्रयोग गर्ने गरेका थिए । जसमा शाओमी र रियलमी जस्ता कम्पनी सबैभन्दा अगाडि थिए ।
एन्ड्रोयड स्मार्टफोन ब्राण्डहरुले प्रायजसो उनीहरुको ब्राण्डका आउने स्मार्टफोनहरुमा एनटूटूको स्टोरहरुलाई परफरमेन्सको रुपमा देखाउने गर्दथे ।

एनटूटूबाहेक गूगलले अन्य दुई बेन्चमार्किङ्ग एप्लिकेसनहरुलाई पनि हटाएको छ । गूगलले एनटूटू ब्राण्डिङ्गमा बेन्चमार्किङ्ग गर्दै आएका दुईवटा एप्सलाई पनि गूगल प्ले स्टोरबाट हटाएको हो ।

रिपोर्टकाअनुसार गूगलले एनटूटू ब्राण्डलाई प्ले स्टोरबाट हटाउनुमा गलत किसिमका एप्सको सफाई अभियान रहेको छ । गूगलले चीताह मोबाइलका सम्पूर्ण एप्सलाई क्र्याकडाउन गर्ने प्रकृयाअन्तरगत सबै एप्स हटाएको हो ।

गूगलले एनटूटू बेन्चमार्किङ्ग, एनटूटू थ्रीडीबेन्च र एनटूटू बेन्चमार्कलाई स्टोरबाट हटाएको हो ।

प्रकाशित: २९ फाल्गुन २०७६, बिहीबार

तपाइको प्रतिक्रिया