Technology Khabar २८ फाल्गुन २०७६, बुधबार
काठमाडौं ।
चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले भोली अर्थात १२ मार्चमा रेडमी नोट ९ सीरीज भारतमा लन्च गर्दै छ । कम्पनीले यसमा दुई स्मार्टफोन रेडमी नोट ९ र रेडमी नोट प्रो लन्च गर्न सक्ने छ । लन्च अघि कम्पनीको यी स्मार्टफोनहरुको केहि जानकारीहरु सार्वजनिक भएका छन्।
रेडमी नोट ९ प्रो मा क्वालकम स्नापड्रयागन ७२०जी प्रोसेसर हुन सक्ने छ भने रेडमी नोट ९ मा कम्पनीले मिडियाटेक हेलीयो जी७० प्रोसेसरको प्रयोग गर्न सक्ने छ ।
रिर्पोटकाअनुसार रेडमी नोट ९ मा ६जीबी र्याम रहने छ । हालैमा लिक भएको खवर अनुसार रेड्मी नोट ९ प्रो भर्जनमा ४जीबी र्याम सँगै ६४जीबी इन्टरनल स्टोरेज रहने छ । यसको दोस्रो भेरियन्टमा ६जीबी र्याम सँगै १२८जीबी स्टोरेज हुनेछ ।
रिर्पोटअनुसार रेडमी नोट ९ प्रोलाई अमेरिकाको एफसिसि सर्टिफिकेशन वेबसाइटमा लिस्ट गरिएको छ । यहाँ यस फोनको बारेमा ४,९२० एमएएचको ब्याट्री रहने उल्लेख गरिएको छ । यो स्मार्टफोन एन्ड्रोएड १० बेस्ड एमआईयूआई ११ मा रन गर्ने छ।
भारतीय बजारमा रेडमी नोट सीरीज निकै पपुलर रहेको छ । कम्पनीले यस फोनको टिजर पहिले नै जारी गरिसकेको छ । टिजरअनुसार यस स्मार्टफोनमा क्वाड क्यामरा रहने र यसमा ५,००० एमएएचको ब्याट्री हुने छ ।
रेडमी नोट ९ सीरीजलाई लिएर एक टिप्स्टरले भिडियो शेयर गरेका छन । यसमा रेडमी नोट ९ प्रो भनिएको स्मार्टफोन देखाइएको छ । यस स्मार्टफोनमा ६.६४ इन्चको डिस्प्ले रहेको छ जसमा बेजल्स कम रहेको छ । यस स्मार्टफोनमा चार रियर क्यामरा देख्न सकिने छ । यसबाहेक यस स्मार्टफोनमा यूएसबि टाइप सी पोर्ट सँगै हेडफोन ज्याक रहेको छ । एजेन्सी
प्रकाशित: २८ फाल्गुन २०७६, बुधबार