चाँडै नै फेसबुक स्टोरी इन्स्टाग्राममा पनि शेयर गर्न सकिने, हाल परीक्षण गरिँदै

Technology Khabar २८ फाल्गुन २०७६, बुधबार

काठमाडौं ।

फेसबुकमा शेयर गरिने स्टोरीलाई प्रयोगकर्ताहरुले चाँडै नै इन्स्टाग्राममा पनि शेयर गर्न सक्ने छन । हाल फेसबुकमा शेयर गरिएको स्टोरी फेसबुकमा मात्रै रहने गर्दछ भने इन्स्टाग्राममा पोस्ट गरिएको स्टोरीलाई यूजरहरुले फेसबुकमा पनि शेयर गर्न सक्दछन ।
फेसबुकले फेसबुक–इन्स्टाग्राम क्रस प्लेटफर्म स्टोरी शेयरिंग फिचरलाई टेस्ट गरिरहेको छ । र कम्पनीले यसलाई चाँडै नै सार्वजनिक गर्न सक्ने अनुमान लगाईएको छ ।
 
फेसबुकका एक अधिकारीले कम्पनीले हाल क्रस प्लेटफर्म पोस्टिगं फिचरको टेस्टिंग गरिरहेको र यसबाट यूजरहरुले स्टोरी शेयर सजिलै गर्न सक्ने बताएका छन । त्यस्तै उनले फेसबुक र इन्स्टाग्रामको अडिसन अलग अलग रहेकोले पनि यस फिचर यूजरहरुको लागी निकै सहयोगी हुने पनि उल्लेख गरेका छन ।
फेसबुक हाल लगातार स्टोरीजको फिचरलाई उत्कृष्ट बनाउन र यसमा नयाँ अप्शनहरु एक्सप्लोर गर्ने काममा लागिरहेको छ ।
 
फेसबुकले यस फिचरबाट स्टोरी इन्टरचेन्ज निकै सजिलो हुनेछ । यस फिचरको टेस्टिंग को फोटोलाई जेन वोन्गले आफ्नो ट्विटर ह्यान्डलमा शेयर गरेका हुन । यस फिचरमा प्राइभेसीको अप्शन पनि रहेको छ । यसमा पब्लिक, फ्रेन्ड र कस्टमको अप्शन रहेको छ । यसबाहेक इन्स्टाग्रामको क्लोज फ्रेन्डको अप्शनसँग मिल्दोजुल्दो फिचर ‘हाइड स्टोरी फ्रम’ को अप्शन पनि रहेको छ ।
 
जहाँ इन्स्टाग्राममा क्लोज फ्रेन्डमा यूजरले आफ्ना साथिहरुको एक लिस्ट बनाउन सक्दछन । र यस अप्शनमा स्टोरी अपलोड गर्दा यूजरले बनाएको लिस्टका फ्रेन्डहरुले मात्रै स्टोरी हेर्न सक्दछन ।
त्यसरी नै फेसबुकको हाइड स्टोरी फ्रमको अप्शनमा पनि यूजरहरुले आफुले स्टोरी देखाउन चाहेको मानिसहरुको मात्रै फ्रेन्डलिस्ट बनाउन सक्दछन । यस फिचरको सबैभन्दा तल शेयर स्टोरी टू इन्स्टाग्राम को अप्शन रहेको छ । एजेन्सी

प्रकाशित: २८ फाल्गुन २०७६, बुधबार

तपाइको प्रतिक्रिया