थापाथली चोकमा तारमा आगलागी हुँदा इन्टरनेट तथा केबुल टिभी सेवा अबरुद्ध, धमाधम बनाउँदै

Technology Khabar २८ फाल्गुन २०७६, बुधबार

काठमाडौं ।

थापाथली चोकमा इन्टरनेट तथा केबुल टिभीको तारमा सर्ट सर्किट हुँदा आगलागी भएको छ । गएराती अप्टिकल फाइबर केबलमा भएको आगलागीबाट सो क्षेत्रमा इन्टरनेट तथा केबुल टिभी सेवा अवरुद्ध भएको छ ।

राती भएको आगलागीले सो क्षेत्रमा इन्टरनेट सेवा संचालनमा समस्या भएको इन्टरनेट सेवा प्रदायक संघका एक सदस्यले जानकारी दिए ।

उनले सो क्षेत्रमा हाल नयाँ तार राख्ने क्रम तिब्रगतिमा भईरहेको भन्दै सकेसम्म छिटै सेवा संचालन गरिने बताए ।

‘लगभग सबै आइएसपीहरुको सेवा रोकिएको छ र धमाधम बनाउने कार्य जारी छ,’ उनले भने ।Optical Fiber in Fire

थापाथलीमा नै डाटा सेन्टर रहेको हुँदा अधिकांश इन्टरनेट सेवा प्रदायकहरुको अप्टिकल फाइबर नेटवर्क सोहि क्षेत्रहुँदै लगिएको छ । त्यसैले कति क्षति भएको भन्ने हालसम्म जानकारी छैन् ।

Optical Fiber in FireOptical Fiber in FireOptical Fiber in Fire

प्रकाशित: २८ फाल्गुन २०७६, बुधबार

तपाइको प्रतिक्रिया