सामसङको बजेट स्मार्टफोन ग्यालेक्सी एम२१ लन्च हुँदै, ४८ मेगापिक्सेलको ट्रिपल रियर क्यामरा

  • Technology Khabar | २५ फाल्गुन २०७६, आईतवार
सामसङको बजेट स्मार्टफोन ग्यालेक्सी एम२१ लन्च हुँदै, ४८ मेगापिक्सेलको ट्रिपल रियर क्यामरा

काठमाडौं ।

काठमाडौं । सामसङले पछिल्लो दिनमा बजेट स्मार्टफोनहरु लगातार सार्वजनिक गरिरहेको छ । कम्पनीले हालै विश्वबजारमा ग्यालेक्सी एस ३१ स्मार्टफोन लन्च गरेको थियो जून नेपाली बजारमा पनि छिटै आउँदैछ ।

अहिले भने कम्पनीले ग्यालेक्सी एम२१ लन्च गर्ने तयारी गरेको छ । सो स्मार्टफोन सबैभन्दा पहिले भारतीय बजारमा लन्च हुनेछ । हालै आएको एक रिपोर्टअनुसार यहि मार्च १६ तारिखमा भारतमा लन्च गर्ने तयारी गरेको छ ।

ग्यालेक्सी एम२१ स्मार्टफोनमा ६.४ इन्चको सूपर एमोलेड डिस्प्ले हुनेछ भने फोनमा ६,००० एमएएच ब्याट्रि प्याक हुनेछ । त्यसैगरि फोनमा ट्रिपल क्यामरा सेटअप राखिनेछ जसमा ४८ मेगापिक्सेलको मेन क्यामरा यूनिट हुनेछ ।

सो स्मार्टफोनमा एक्सनोज ९६११ चीपसेट हुने यसअघि नै गीगबेन्चमा देखिएको थियो जसमा ४ जीबी र्याम राखिएको छ भने यो स्मार्टफोन एन्ड्रोएड १० मा संचालन हुनेछ।

ग्यालेक्सी एम २१ ६जीबी र्याममा पनि आउने चर्चाहरु रहेका छन तर यसमा दुई स्टोरेज अप्सनहरु ६४जीबी र १२८ जीबी मात्र हुनेछ ।
सामसंगले अहिलेसम्म सो स्मार्टफोनको लन्च डेट तय गरिसकेको छैन् । एजेन्सी

प्रकाशित: २५ फाल्गुन २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार