मोटोरोलाको फोल्डेबल फोन मोटो रेजर भारतमा लन्च हुँदै, सामसङको फोल्डेवल फोनसँग टक्कर

  • Technology Khabar | २२ फाल्गुन २०७६, बिहीबार

काठमाडौं ।

काठमाडौं । विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार भारतलाई लक्षित गरेर विभिन्न कम्पनीहरुले आफ्नो फोनहरु लन्च गर्ने गरेका छन् । लेनेभोको ओनरशिप रहेको कम्पनी मोटोरोलाले हालैमा आफ्नो फोल्डेवल फोन मोटो रेजरलाई ग्लोवल मार्केटमा लन्च गरेको थियो । कम्पनीले अब यस स्मार्टफोनलाई भारतीय मार्केटमा लन्च गर्ने भएको छ ।

कम्पनीले मिडिया इन्भाइट जारी गर्दै कम्पनीको यस फोल्डेवल स्मार्टफोनलाई १६ मार्चमा भारतीय मार्केटमा लन्च गरिने बताएको हो । भारतमा यस स्मार्टफोनको प्रतिस्पर्धा सामसङको ग्यालेक्सी जेड फ्लिपसँग हुने छ । सामसङको यो फोल्डेवल स्मार्टफोन यसअघि नै भारतीय मार्केटमा लन्च भईसकेको छ ।

मोटोरोलाले आफ्नो यस फोल्डेवल स्मार्टफोनलाई प्रिमियम सेगमेन्टमा सार्वजनिक गरेको थियो । यस स्मार्टफोनलाई कम्पनीले १,५०० डलरमा अमेरिकामा लन्च गरेको थियो । कम्पनीले यस स्मार्टफोनको मुल्य भारतमा कति हुने छ भन्ने बारेमा कुनै जानकारी प्रदान गरेको छैन ।

यस फोनको डिजाईन कुरा गर्दा यसको डिजाइन कम्पनीको अर्को स्मार्टफोन मोटो रेजर भि३आई जस्तो नै रहेको छ । यसमा मोटो चिन र एउटा हिन्ज देख्न सकिने छ । यस फोनमा भोल्युम बटन र पावर बटन यसको माथिल्लो तहमा रहेको छ । फोनमा एक फोल्डिंग डिस्प्ले रहेको छ ।

कम्पनीको यस फोनलाई फोल्ड गर्दा यसमा २.७ इन्चको जीएलईडि डिस्प्ले रहने छ । जसमा ६००×८०० पिक्सेल रेज्योलुशन र ४:३ एस्पेक्ट रेशियो रहेको छ । यसबाहेक फोनलाई अनफोल्ड गर्दा फोन मा ६.२ इन्चको फोल्डेबल पीएलईडि डिस्प्ले रहने छ, जसमा २१४२×८७६ पिक्सल रेज्योलुशन र २१:९ एस्पेक्ट रेशियो रहेको छ ।

कम्पनीको यस स्मार्टफोनमा क्वालकमको स्न्यापड्रयागन ७१० प्रोसेसर रहेको छ । यसको साथै यसमा ६जीबी र्याम र १२८जीबी इन्टरनल स्टोरेज रहेको छ । साथै फोनमा २१५० एमएएचको ब्याट्री रहेको छ जसले १५ वाटको टर्बो चार्जिगलाई सर्पोट गर्दछ । यस बाहेक फोन एन्ड्रोएड ९ मा संचालन हुन्छ ।

फोटोग्राफिको लागी फोनको बाहिरी भागमा १६ मेगापिक्सलको प्राईमरी क्यामरा र ५ मेगापिक्सलको सेकेन्डरी क्यामरा रहेको छ जुन सेल्फि र भिडियो कलिगंको बेला प्रयोगमा आउदछ । मोटो रेजरमा ३.५ एमएम को हेडफोन ज्याक भने रहने छैन । यसमा ब्लुटुथ र यूएसबी टाईप सी पोर्ट अडियो को लागी रहेको छ । एजेन्सी

प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार

तपाइको प्रतिक्रिया