रियलमीद्वारा रियलमी ६ सिरिज लन्चिङ इभेन्ट रद्ध, अब अनलाईनबाट नै सार्वजनिक गरिने

  • Technology Khabar | २१ फाल्गुन २०७६, बुधबार
रियलमीद्वारा रियलमी ६ सिरिज लन्चिङ इभेन्ट रद्ध, अब अनलाईनबाट नै सार्वजनिक गरिने

काठमाडौं ।

काठमाडौं ।स्मार्टफोन मेकर चिनियाँ कम्पनी रियलमीद्वारा भारतको नयाँ दिल्लीस्थित इंदिरा गान्धी इनडोर स्टेडियममा रियलमी ६ सिरिज लन्चिङको लागि राखिएको इभेन्ट स्थगित गरिएको छ । भारतको दिल्ली-एनसीआरमा कोरोना भाइरस संक्रमित भेटिएको संदिग्ध रिपोर्टहरूको बीचमा सो इभेन्ट रद्द गरिएको हो।

रियलमी इंडियाका सीईओ माधव सेठले ट्वीटको माध्यमबाट सो जानकारी दिएका छन्। अब कम्पनीले रियलमी ६ सिरिजलाई अनलाइन स्ट्रिमिगको माध्यमबाट लन्च गर्नेछ, जुन इभेन्टलाई माधव सेठले होस्ट गर्नेछन। त्यस्तै, सियामीको रेडमीले भारतमा आफ्नो रेडमी नोट कभचष्भक श्रृंखलाको अन-ग्राउन्ड कार्यक्रम रद्द गर्न पनि घोषणा गरेको छ।

रियलमी इण्डियाका सीईओ माधव सेठले ट्वीटमा भने, ‘कोरोनाभाइरसको आउँदै गरेको समाचार र स्वास्थ्य अधिकारीहरूले सामाजिक दूरी कायम गर्न दिएको सल्लाहलाई ध्यानमा राख्दै मैले हाम्रो सबैभन्दा ठूलो कार्यक्रम रद्द गर्ने निर्णय गरें। जे होस्, म स्टेडियमबाट एक प्रत्यक्ष भाषण दिनेछु, जुन तपाईं अनलाइन हेर्न सक्षम हुनुहुनेछ।’

कम्पनीले कार्यक्रमको लागि अनलाइन टिकट पनि बेचेको थियो। यस सन्दर्भमा, माधव सेठले दोस्रो ट्वीटमा भने, ‘टिकट मूल्यको पूर्ण फिर्ती दिइनेछ। मलाई थाहा छ तपाईं रियलमी ६ सिरिज लन्च गर्न एकदम उत्सुक हुनुहुन्थ्यो। यस्तो अवस्थामा, हामी टिकट बुक गर्ने सबै मानिसहरूलाई एक रियलमी ब्यान्ड दिनेछौं। विवरण मेल मार्फत पठाइनेछ।’

रियलमीले रियलमी सिक्स र रियलमी सिक्स प्रो स्मार्टफोन भारतमा ५ मार्चमा सार्वजनिक गरिने कार्यक्रम राखेको छ । यसका साथ कम्पनीले यस दिन आफ्नो नयाँ रियलमी ब्यान्ड पनि लन्च गर्दैछ । नयाँ रियलमी सीरिजमा ६४ मेगापिक्सेल प्राइमरी क्यामेरा र ६४ हर्ट्ज डिस्प्ले हुनेछ।

प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार