Technology Khabar २१ फाल्गुन २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्विटरले आफ्ना कर्मचारीहरूलाई घरबाटै काम गर्न लगाएको छ। कोरोना भाइरस विश्वभर छिटो फैलँदै गरेको बेला कम्पनीले आफ्ना कर्मचारीहरूलाई घरबाट नै काम गर्न भनेको हो ।
ट्विटरले विश्वव्यापी रुपमा रहेका ५ हजार कर्मचारीहरुलाई घरबाट काम गर्नका लागि ‘वर्क फ्रम होम’ सेवा लिन भन्यो। हङ्गकङ्ग, जापान र दक्षिण कोरियाका ट्वीटर अफिसमा कार्यरत कर्मचारीहरूले अब घरबाटै काम गर्नुपर्नेछ।
यस बाहेक कम्पनीले अन्य देशका ट्वीटर कर्मचारीलाई घरबाट काम गर्न विकल्प दिएको छ। यदि उनीहरू चाहन्छन् भने तिनीहरू अफिसमा आउन सक्छन् वा घरबाटं काम गर्न सक्छन्।
ट्विटरले एक विज्ञप्तिमा भनेको छ, ‘हामी संसारभरका हाम्रा कर्मचारीहरूलाई घरबाट काम लिनका लागि ‘वर्क फ्रम होम’ लिन उत्साहित गरिरहेका छौं। हाम्रो उद्देश्य कोभीड-१९/कोरोना भाइरसको फैलावट रोक्नु हो।’
हालसालै ट्विटरले भनेको आफ्ना कर्मचारीहरू र साझेदारहरूलाई जुन धेरै महत्त्वपूर्ण छैनन् ती व्यापार यात्रा रोक्न आग्रह गरेको छ। कोरोना भाइरसको कारण धेरै इभेन्टहरू पनि स्थगित भइरहेको छ।एजेन्सी
प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार