सार्वजनिक हुनु अगाडी नै शाओमीको रेडमी के३० प्रोको डिजाइन देखियो, यस्ता छन् फीचरहरु

Technology Khabar १९ फाल्गुन २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले आउँदो महिना रेडमी के३० प्रो ५जी लाई चीनमा लन्च गर्ने भएको छ । यस स्मार्टफोनको अफिशियल टिजर चिनियाँ सोशल नेटवर्किंग साइट वीबोमा शेयर गरिएको छ । जसमा स्मार्टफोनको फुल स्क्रिन प्यानल बिनाकुनै पञ्चहोलको हुनेछ र सेल्फि क्यामराको लागी ड्युल पपअप मेकानिज्म रहने छ ।

यसअघि कम्पनीले लन्च गरेको रेडमी के३० र रेडमी के३० ५जीमा ड्युल पञ्चहोल डिस्प्ले दिएको थियो । रेडमी के३० प्रोमा ट्रिपल रियर क्यामरा रहने छ । जसलाई भर्टिकल मोड्युलमा सेटअप गरिएको छ । त्यस्तै सेल्फिको लागी यस फोनमा ड्युल पपअप फ्रन्ट मोड्युल हुनेछ । जसमा दुई सेन्सर रहने छ । यस फोनमा क्वालकमको लेटेस्ट स्न्यापड्रयागन ६७५ प्रोससर रहने क्वालकमले कन्फर्म गरेको छ ।

हाल बाँकी स्पेशिफिकेशनहरु सार्वजनिक भएको छैन तर शाओमीले स्न्यापड्रयागन एक्स५५ मोडेमसँगै रियलमी के३० प्रो ५जी लाई सार्वजनिक गर्न सक्ने अनुमान लगाईको छ । यसअघि आईक्यू ३ र रियलमी एक्स५० प्रो पनि यसै चिपसेटका साथमा लन्च भएको थियो ।

शाओमीले हाल रेडमी के३० लाई भारतमा पोको ब्रान्डसँगै ल्याएको थियो । भारतमा लन्च भएको पोको एक्स२ वास्तवमा रेडमी के३० चिनियाँ भेरियन्टको रिब्रान्डेड भर्जन हो । यस स्मार्टफोनमा स्नापड्रयागन ७३०जी प्रोसेसर, ४,५००एमएएच को ब्याट्र र ६४ मेगापिक्सलको प्राइमरी क्यामरा सेटअप रहेको छ । यस फोनको रियरमा क्वाड क्यामरा सेटअप रहेको छ भने सेल्फिको लागी यसको फ्रन्टमा दुई क्यामरा रहेको छ ।

कम्पनीले रेडमी के३० प्रो ५जी को बारेमा टिजर बाहेक अन्य केहि जानकारी सार्वजनिक गरेको छैन । एजेन्सी

प्रकाशित: १९ फाल्गुन २०७६, सोमबार

तपाइको प्रतिक्रिया