Technology Khabar १९ फाल्गुन २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । सोशल मिडिया कम्पनीहरु फेसबुक, ट्विटर, र गूगलले पाकिस्तानमा आफ्नो सर्भिस बन्द गर्न सक्ने चेतावनी दिएका छन्। सोशल मिडियाको लागी पाकिस्तानमा जारी गरिएको नयाँ नियमनकारी कानूनलाई लिएर यी कम्पनीहरुले आपत्ति जनाएका हुन् ।
यिनीहरुको ग्रुप ‘एशिया इन्टरनेट कोएलेशन (एआईसी)’ ले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई चिट्ठी लेख्दै यदि सो कानून पाकिस्तानमा संशोधन नभए आफुहरुले पाकिस्तानमा सेवाहरु बन्द गर्ने बताएका हुन्।
उक्त चिट्ठीमा नयाँ नियम अन्तर्गत रहेर एआईसी सदस्यहरुले पाकिस्तानी प्रयोगकर्ता र व्यवसायलाई सेवा प्रदान गर्न धेरै गाह्रो हुने उल्लेख गरिएको छ । २०१० मा स्थापना भएको एआईसी एक इन्डस्ट्री एसोसिएशन हो र यसमा फेसबुक, गूगल, ट्विटर, याहू, एप्पल, अमेजन र लिङ्क्डइन जस्ता इन्टरनेट र टेक्नोलोजी सम्बन्धित कम्पनीहरु सदस्य रहेका छन्।
एआईसीले आफुहरु पाकिस्तानको नयाँ रेगुलेशनको विरुद्धमा नरहेको र पाकिस्तानमा पहिले नै अनलाईन कन्टेन्टको लागी कडा रेगुलेशन रहेको बताएका छन् । तरपनि उनिहरुले व्यक्तिको फ्रिडम अफ एक्सप्रेशन र प्राइभेसीसँग जोडिएको गुनासाहरुमा पाकिस्तानी सरकारको तर्फबाट उचित कदम नउठाईएको जनाएका छन्।
सोशल मिडियाका लागि पाकिस्तानी नयाँ कानून अनुसार यी कम्पनीहरुले राजधानी इस्लामबादमा नयाँ कार्यालय खोल्नुपर्ने हुन्छ र पाकिस्तानमा नै डाटा सेन्टर पनि बनाउनु पर्ने हुन्छ । यसबाहेक यसमा यूजरको डाटालाई समेत शेयर गर्नुपर्ने कुरा रहेको छ । एआईसीले यूजरहरुको डाटाको लागी कुनैपनि प्रकारको सम्झौता नगरिने उल्लेख गरिएको छ । उनीहरुका अनुसार यो सेवाग्राहीहरुको प्राईभेसी र फ्रिडम अफ एक्सप्रेशनको विरुद्ध रहेको छ ।
नयाँ कानुनअन्तरगत स्थानिय सर्भर राख्नुपर्ने पाकिस्तानीहरुको एकाउन्ट सरकारले तोकेअनुसार बन्द समेत गर्नुपर्ने धार्मिक साँस्कृतिक र राष्ट्रिय संवेदनशिलतालाई ध्यान दिनुपर्ने उल्लेख छ । पाकिस्तान सरकारले बनाएको उक्त नयाँ कानूनको उल्लंघन गर्नेलाई ५० करोड पाकिस्तानी रुपैयाँ जरिवाना गरिने छ । एजेन्सी
प्रकाशित: १९ फाल्गुन २०७६, सोमबार