Technology Khabar १९ फाल्गुन २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । शाओमीले रेडमी ए सिरिजको अर्को पुनरावृत्ति– नयाँ औरा एक्सग्रीप डिजाइन र डूअल रियर क्यामरा भएको रेडमी ८ए डूअल स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ ।
कम्पनीले ‘रेडमी ८ए डूअल: देशको दमदार स्मार्टफोन’ स्लोगनसहित नेपाली बजारमा नयाँ स्मार्टफोन लन्च गरेको हो ।
रेडमी ए सिरिजलाई उझै उत्कृष्ट बनाउँदै पहिलो पटक रेडमी ८ए डूअलमा डूअल क्यामरा राखिएको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर रहेको छ जसलाई उत्कृष्ट पोट्रेटका लागि २ एमपी डेप्थ सेन्सरले समर्थन गरेको छ । हार्डवयरमा शाओमीको एआई सिन डिटेक्शन र एआई पोट्रेट मोड रहेको छ । यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेराले सहज बनाएको छ ।
रेडमी ८ए डूअलमा नयाँ औरा एक्सग्रिप डिजाइन रहेको छ जुन रेडमी ८ए मा प्रस्तुत गरिएको औरा वेभ ग्रिप डिजाइनमा सुधार गरिएको हो । औरा एक्सग्रिप डिजाइनले रियरमा रहेको मेस प्याट्रनले प्रिमियम अनुभव प्रदान गर्नुका साथै फिङगरप्रिन्टलाई नियन्त्रण गर्दै उत्कृष्ट पकड सक्षम गर्ने कम्पनीको दाबी छ ।
६.२२ इन्च डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए डूअलमा १९:९ एसपेक्ट रेसियो रहेको छ जसले इमर्सिभ अनुभव प्रदान गर्दछ । यसमा ५००० एमएएच उच्च क्षमताको दुई दिन टिक्ने ब्याट्रीका साथ १८ वाट फास्ट चार्जिङ्ग (१० वाट चार्जर इनसाइड बक्स) छ । यसले टाइप–सी पोर्टका साथ रिभर्स चारजिङ्ग सर्पोट गर्दछ ।
पर्फमेन्सका लागि यसमा क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट छ । ३ जीबी प्लस ३२ जीबी भेरियन्टमा उपलब्ध रहेको यो स्मार्टफोनमा २ प्लस १ डूअल सिम स्लट छ । डेडिकेटेड माइक्रो एसडी कार्डले ५१२जीबीसम्म स्टोरेज एक्सपानसनमा सर्पोट गर्दछ ।
रेडमी ८ए ले उच्च गुणस्तरको प्रतिबद्धता गर्दै यसमा भएको कोर्निग गोरिला ग्लास ५ र पी२आई न्यानो कोटिङ्गले दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट सुरक्षित राख्ने कम्पनीले जानकारी दियो ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी रेडमी ए सिरिजका स्मार्टफोनहरुमा सबैका लागि उत्तम प्रविधि उपलब्ध गराउन निरन्तर केन्द्रित छौं । सन् २०१९ मा शाओमीको वृद्धिका लागि रेडमी ६ए र रेडमी ८ए ले उल्लेखनिय योगदान पुर्याउँदै रेडमी ए सिरिज नेपालमा निकै महत्वपूर्ण स्मार्टफोन सिरिज साबित भएको छ।’
नेपाली बजारमा रेडमी ८ए डूअल सी ब्लू, स्काई ह्वाईट र मिडनाइट ग्रे कलर भेरियन्टमा उपलब्ध हुनेछ ।
३ जीबी प्लस ३२ जीबी भेरियन्ट रु १२,९९९ मा १९ फागुनबाट सबै अफलाइन स्टोरहरु, रिटेल पार्टनर र अनलाइन पार्टनर डराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: १९ फाल्गुन २०७६, सोमबार