
काठमाडौं ।
काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले फ्रान्समा अत्याधुनिक प्रविधियुक्त उत्पादन प्लान्ट लगाउने योजना सार्वजनिक गरेको छ ।
यसअघि कम्पनीका ह्वावे फ्रान्सका इन्चार्जले फ्रान्समा लगानी गर्ने घोषणा गरेका थिए भने चीन बाहिर यूरोपमा आफ्नो पहिलो फ्याक्ट्रि हुने र ५जीका उपकरणहरु उत्पादन गरिने बताएका थिए ।
ह्वावेले फ्रान्सको भौगोलिक अवस्थाका कारण नयाँ प्लान्टका लागि उपयुक्त हुने तथा उच्च शिक्षित जनशक्ति र अनुभवि औद्योगिक पूर्वाधार महत्वपूर्ण भएको बताएको छ । सो प्लान्टले पहिलो चरणमा ४जी र ५जी सामाग्रीहरुको आपूर्ति यूरोपियन ग्राहकहरुका लागि गर्नेछ भने कम्पनीको इन यूरोप, फर यूरोप भन्ने भावनालाई प्रतिबद्ध भएको देखिनेछ ।
प्रारम्भिक चरणमा २० करोड यूरो भन्दा बढि लगानी भवन, जग्गा खरिद, पूर्वाधार निर्माण, एडभान्स प्रडक्सन उपकरणहरुलगायतमा खर्च गर्नेछ । सो प्लान्ट उत्पादनका साथै प्रदर्शनीस्थलको रुपमा समेत हुनेछ,जहाँ बेस स्टेशन उत्पादन, सफ्टवेयर लोडिङ्ग र टेस्टिङ्ग प्रोसेसलाई देखाईनेछ ।
सो प्रदर्शन स्थलमा टेलिकम अपरेटरहरु, सरकारी अधिकारीहरुलगायतलाई अवलोकन गराईने बताईएको छ ।
सो नयाँ प्लान्टबाट करि १ अर्ब यूरो बराबरका सामाग्रीहरु उत्पादन हुने अपेक्षा गरिएको छ भने ५०० कर्मचारीहरुले रोजगार पाउने छन् ।
चिनियाँ टेक कम्पनी ह्वावले यूरोपमा हाल १२ हजार भन्दा बढि मानिसहरु आफ्नो कम्पनीमा कार्यरत रहेको र प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा १ लाख ७० हजार रोजगार सिर्जना भएको बताएको छ । एजेन्सी
प्रकाशित: १८ फाल्गुन २०७६, आईतवार