टेलिकमको मोबाइल सेवामा अलर्ट म्यासेज आउनसक्ने, ‘ईण्ड अफ कल’ सेवाको परीक्षण हुँदै

  • Technology Khabar | १४ फाल्गुन २०७६, बुधबार
टेलिकमको मोबाइल सेवामा अलर्ट म्यासेज आउनसक्ने, ‘ईण्ड अफ कल’ सेवाको परीक्षण हुँदै

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले कलसँगै ब्यालेन्सको बिबरण ग्राहकहरुलाई भएको छ । कम्पनीले हरेक पटक मोबाइल कल समाप्त भए लगत्तै जानकारी दिनेगरि ‘ईण्ड अफ कल’ सेवा संचालन गर्ने भएको हो ।

टेलिकमले यूएसएसडी नोटिफिकेशनको रुपमा कलपश्चात ब्यालेन्स जानकारी दिने व्यवस्था गर्न लागेको हो ।

टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालयले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेवाको परीक्षण कार्य मंगलबारदेखि सुरु भएको छ । फागुन १३ गते रातीदेखि सो सेवाको परीक्षण गरिने भएको हुँदा टेलिकमका केही मोबाइल प्रयोगकर्ताको केही कलपश्चात यूएसएसडी नोटिफिकेशन अर्थात अलर्ट म्यासेज प्राप्त गर्न सक्ने जानकारी दिएको छ।

कम्पनीले निकट भविष्यमा यस्तो सेवा सबै ग्राहकलाई उपलब्ध गराउने तयारी गरेको छ ।

प्रकाशित: १४ फाल्गुन २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार