रसियामा ‘बायोह्याकिङ’ प्रविधिको प्रयोग बढ्यो, दीर्घ जीवनको खोजमा मानिसहरु

  • Technology Khabar | १३ फाल्गुन २०७६, मंगलवार
रसियामा ‘बायोह्याकिङ’ प्रविधिको प्रयोग बढ्यो, दीर्घ जीवनको खोजमा मानिसहरु

काठमाडौं ।

काठमाडौं । चिकित्सकीय चिरफार उपकरण लिएका भ्लादिस्लाब जेत्सेभ आफ्ना ग्राहकको बुढीऔंला र चोरऔंलाको बीचमा चिरेर छालाभित्र मसिनो ग्लास सिलिन्डर भित्र छिराउँछन् । यो वास्तवमा हुडी लगाएका २४ वर्षे कम्प्युटर प्रोग्रामर अलेक्सी राटकिनको हातमा चिप घुसाइएको हो । कार्ड स्वाइप नगरी यही चिपको सहयोगमा उनको कार्यालयको ढोका खुल्छ ।

‘मलाई यस्तो चिप लगाउने धेरै पहिलेदेखि ठूलो इच्छा थियो,’ उनी भन्छन् । ‘मुख्य कारण यो निकै सुविधाजनक छ तर सँगै एक किसिमको नयाँ प्रयोग पनि हो । साँच्चिकै भन्नुपर्दा यस्तो विशिष्ट सामान अरु कसैसँग छैन ।’

राटकीन र जेत्सेभ ‘बायोह्याकिङ’ (शरीरमा चिप्स राखेर नयाँ खोज गर्ने तरिका) मा रुचि राख्ने धेरै रुसीहरूमध्ये दुई जना प्रतिनिधि पात्र हुन् । यो एक विश्वव्यापी आन्दोलन पनि हो जसका अनुयायीहरूले विगत दशकको शुरुदेखि नै अमेरिकाको सिलिकन उपत्यकाबाट प्रयोगात्मक प्रविधिको प्रयोग शुरूआत गरेका थिए । साथै उनीहरुले डीआईवाई मार्फत शरीरको चालका बारेमा थाहा पाउने कोसिस गरिरहेका छन् ।

केही व्यक्तिले भने जीवनशैलीको प्रवृत्तिका रुपमा आफ्नो छालाभित्र प्रविधियुक्त चिप्स लगाउने गरेका छन् । अरुका लागि – मुख्यतया धनी रूसीहरू – धेरै बाँच्ने लालशाका लागि यस्तो चिप लगाउने प्रवृत्ति छ । यस्ता चिप्सले शरीरको गहन स्वास्थ्य स्थिति अनुगमन गर्ने उनीहरुको विश्वास छ । यद्यपि रसियामा कतिजना बायोह्याकरहरु छन् भन्ने स्पष्ट भइसकेको छैन, तर यसको प्रयोग बढ्दो छ ।

सामाजिक संजाल मञ्चहरु, सम्मेलनहरू र व्यवसायहरू पनि यस्ता व्यक्तिका आवश्यकता पूरा गर्नेगरी आयोजना गर्न थालिएका छन् ।

हाँसको पुच्छरजस्तो कपाल बनाएका एक प्रोग्रामर जेत्सेभ आफैँले चिप्स लगाउन सिकेका थिए । उनले विगतमा मेडिकल शिक्षा लिए पनि बीचमै पढाई छाडेका थिए । यी २८ वर्षे युवा सन् २०१५ मा एकाएक चर्चामा आएका थिए । उनले मस्कोको मेट्रो पासबाट चिप निकालेर त्यसलाई रसायन र सिलिकनमा सफा गरेर हातमा प्रत्यारोपण गरेका थिए ।

बेलायती एक पेनी (सिक्का) जत्रो डिस्क अझै पनि उनको हातमा देख्न सकिन्छ तर हाल त्यसले काम गर्दैन । जेत्सेभले यसलाई बैंक कार्डको विवरण सुरक्षित राख्न प्रोग्राम गरेका थिए, र यो बैंक बन्द गर्नका लागि मात्र प्रयोग गरिन्थ्यो । उनको औंलाको टुप्पामा चुम्बक राखिएको छ, र यो मुख्य रूपमा पार्टीका लागि प्रयोग हुन्छ । उनको भनाईमा बायोह्याकिङ आन्दोलन मुख्य रुपमा विशेष कार्यहरुमा प्रविधिको प्रयोग गर्नेतर्फ केन्द्रित छ ।

‘बायोह्याकिङ मार्फत म वास्तविक प्रभाव सिर्जना गर्न चाहन्छु जसले ठोस नतिजा सिर्जना गरोस् ।’ सामाजिक संजालमा ध्रुवीकृत समुदायको सम्पर्कका आधारमा विश्लेषण गर्दा लगभग १ हजार रूसीले चिप्स लगाएको उनको भनाई छ । धेरैजसोले कार्यालयभित्र छिर्ने पासका लागि प्रयोग गर्छन् । कसैकसैले चुम्बक वा कम्पास राख्छन् । यस्ता मानिसहरु उत्तरतिर घुम्दा शरीरमा कम्पन उत्पन्न हुन्छ । ‘मलाई मानव शरीरको क्षमता बढाउने यो विचार निकै मन पर्दछ ।’

विश्वमा आजभोलि शरीरमा प्रत्यारोपित माइक्रोचिप्सहरु कार स्टार्ट गर्न, स्मार्टफोन, कम्प्युटर र प्रिन्टर खोल्न, शरीरको तापक्रमको निगरानी गर्न तथा चिकित्सा जानकारी भण्डार गर्न वा व्यापार कार्डको रूपमा प्रयोग भइरहेको छ । पेशेवर जादूगरहरूले आफ्ना चाल बढाउन चिप्सको प्रयोग गर्न थालेका छन् ।

केही चिप्स मानवीय उपयोगका लागि प्रयोग गर्न स्वीकृति दिइएको छ, तर जेत्सेभले ताइवानमा निर्मित पशु चिकित्सामा प्रयोग हुने चिप्सहरु आयात गरेका छन् । हुलाक मार्फत झिकाइएका यी प्रत्येक चिप्सको मूल्य करिब ५ सय रुबल (८ अमेरिकी डलर) पर्दछ ।

केहीले सम्भावित निगरानी र ह्याकिङका बारेमा चिन्ता उठाएका छन् । रसियामा चिप्स लगाइएका व्यक्तिको संख्या सानै छ । स्मार्टफोनले जस्तो चिपले प्रयोगकर्ताको स्थान प्रसार गर्दैन ।

स्टुडियोमै शल्य चिकित्सा– आफ्नो स्टुडियोमा जेत्सेभले राटकिनलाई चिप्स लगाइदिन २ हजार रुबल (३२ डलर) शुल्क लिए । यो चिप चामलको दानाभन्दा थोरै ठूलो मात्र छ । उनले अरु करिब ५० जनालाई यस्तै चिप्स लगाइ दिएका छन् । उनी भन्छन्, ‘विशिष्ट ग्राहकहरु कम्प्युटर वा विज्ञान विषयमा रुचि राख्नेहरु बढी छन् । चिप्स लगाउने अधिकांश व्यक्तिहरु पुरुष छन् र उनीहरु ३५ वर्ष वा त्योभन्दा कम उमेरका छन् ।’

अन्य कतिपय बायोह्याकर्सलाई शरीरमा चिप्स लगाउने फुर्सद पनि छैन । छत्तीस वर्षीय उद्यमी स्टानिस्लाभ स्काकुनको विचारमा बायोह्याकिङले मानव जीवनको आयू बढाउँछ, र हजारौं वर्ष बाँच्न मद्दत गर्दछ । ‘मैले अहिलेसम्म त्यस्तो चिप फेला पार्न सकेको छैन जसले मानिसको आयू बढाउँछ ।’ यसको सट्टामा, उनी नियमित रूपमा निजी क्लिनिकमा जान्छन् जहाँ नर्सहरूले परीक्षणका लागि उनीसँग झण्डै २० ट्युब रगत लिन्छन् ।

रक्तदान गरेपछि पुनः रगत बढाउन आफूले खाने पिउने गरेका सामानका बारेमा कुरा गर्न उनी अस्वीकार गर्दछन् । यद्यपी उनी पूरक खानाहरुमा आयोडिन, भिटामिन डी, म्याग्नेसियम र प्रिबायोटिकको सेवन गर्दछन् ।

मोलिकुलर कैंची – नीलो आँखा भएका स्काकुन ‘विगत पाँच वर्षमा उनको जैविक उमेरमा परिवर्तन नआएको’ बताउँछन् । उनी मानिसको आयू लामो समयसम्म बढेको हेर्ने चाहना राख्छन् । ‘हामीले क्यान्सर, अल्जाइमर र हृदय रोगलाई जित्यौं भने हामीले मानिस मर्ने सबैजसो कारण समाप्त गर्नेछौं ।’ हाल रेकर्डमा सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सका जिन कालमेन्ट १ सय २२ वर्षसम्म बाँचेका थिए ।

केही बायोह्याकरहरुले ‘आनुवांशिक थेरापी’मा सफलता हासिल गरेको बताएका छन् । मेडिकल अनुसन्धानका क्षेत्रमा यो अहिले सर्वाधिक चर्चामा छ । विवादास्पद रूपमा, अमेरिकी बायोह्याकर वैज्ञानिक जोसाह जेनरले सन् २०१७ मा नयाँ आनुवांशिक इडिटिङ टेक्नोलोजीको प्रयोग गरी आफ्नै डीएनए परिवर्तन गर्ने प्रयोगात्मक प्रयास गरेका थिए ।

अनौपचारिक रूपमा मोलिकुलर ‘कैंची’ (सिजर्स) भनेर चिनिने यो साधनको प्रयोग आनुवांशिक परिस्थितिको उपचारमा प्रयोग हुने गरेको छ, जस्तै, सिकल सेल रोगको उपचार गर्न प्रयोग भइरहेको छ । आनुवांशिक इडिटिङलाई अधिक व्यापक रूपमा पहुँचयोग्य बनाउन यस प्रविधिले सघाएको छ । तर अमेरिकी खाद्य तथा औषधि प्रशासनले आनुवांशिक थेरापीहरूको सुरक्षामाथि चासो व्यक्त गरेको छ ।

पेन्सिल्भेनिया विश्वविद्यालयका आनुवंशिक प्राध्यापक किरण मुसुनुरु आनुवांशिक थेरापीमाथि अहिल्यै विश्वास गरिहाल्न सकिने अवस्था नरहेको बताउँछिन् । ‘यसका दुस्परिणाममाथि विचार नगर्ने हो भने ठीकै हो, तर जोखिमलाई विचार गर्ने हो भने अहिल्यै हतार गर्न हुन्न ।’

‘ऐच्छिक सोच’ दीर्घायु जीवन अध्ययन गर्ने मस्को स्टेट युनिभर्सिटीका रूसी जीव वैज्ञानिक म्याक्सिम स्कालाचेभले बायोह्याकर्सले भनेझैं बुढेसकाललाई प्रोग्राम गर्न सकिएला तर यसले सैद्धान्तिक रूपमा अवरोध उत्पन्न गर्न सक्ने बताए । ४६ वर्षीय स्कुलाचेभको विचारमा बायोह्याकर्सको समस्या नै ‘धेरै छिटो दौडिनु’ रहेको बताएका छन् ।

उनको टोलीले बुढेसकालको प्रक्रियामा हस्तक्षेप गर्नका लागि आनुवांशिक औषधि बनाउने प्रयास गरिरहेको छ । ‘अपग्रेडको प्रयास’ रूसमा बायोह्याकिङका सम्बन्धमा ‘ठुलै आन्दोलन’ भइरहेको छ, स्काकुन भन्छन्, जसले पहिले कर्पोरेट फाइनान्सका क्षेत्रमा काम गर्थे ।

दुई वर्ष अघि उनले बायोडाटा नामको एक स्टार्टअप कम्पनी खोले जसले ग्राहकहरूको परीक्षणका लागि कार्यक्रम बनाउँछ र ती विवरणको भण्डारण गर्दछ । पुरै शरीर जाँचका लागि एक लाख ५० हजार रुबल (२ हजार ४३० अमेरिकी डलर) शुल्क लिने गर्दछ । उनको भनाईमा यी ग्राहकहरुमा ‘मुख्यरुपले उच्च प्रबन्धक र व्यावसायिक क्षेत्रका मानिस’ रहेका छन् ।

बायोह्याकिङ प्रयोगशाला समेत रहेको मस्को जिमले पनि ठुलाबडाको स्वास्थ्य परीक्षणका लागि वार्षिक २ लाख ५० हजार रुबल (४ हजार ५० अमेरिकी डलर) शुल्क लिइरहेको छ । गत वर्ष खोलिएको यस जिमको नारा नै ‘अपग्रेड योरसेल्फ’ राखिएको संस्थापक आर्टोम भासिलेभले बताए ।

प्रकाशित: १३ फाल्गुन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

U.S. FAA authorizes SpaceX Falcon 9 rocket return to flight

  • १३ फाल्गुन २०७६, मंगलवार

China launches BeiDou-based satellite short messaging service for emergency needs

  • १३ फाल्गुन २०७६, मंगलवार

EU tells TikTok to change ‘addictive’ design

  • १३ फाल्गुन २०७६, मंगलवार