वनप्लसले यसवर्ष तीनओटा स्मार्टफोन लन्च गर्ने, यस्तो छ तीनवटै भेरिएन्टका विशेषताहरु

Technology Khabar ७ फाल्गुन २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी वनप्लसले चाँडै नै वनप्लस ८ सीरीजका स्मार्टफोनहरु सार्वजनिक गर्ने देखिएको छ । यद्पी कम्पनीले हालसम्म नयाँ सीरीजलाई लन्च गर्ने कुनै मिती भने सार्वजनिक गरेको छैन । तर त्यसअघि नै वनप्लस ८ सीरीजका विशेषताहरु अगाडि आईसकेका छन् । यसवर्ष वनप्लसले दुई नभई तीनओटा स्मार्टफोन लन्च गर्ने तयारीमा रहेको छ ।

वनप्लस ८ प्रो

कम्पनीको वनप्लस ८ प्रो सबैभन्दा हाईएन्ड स्मार्टफोन हुने छ । यस स्मार्टफोनमा ६.५ इन्चको एमोलेड डिस्प्ले रहने छ । कम्पनीले यस स्मार्टफोनको स्क्रिनलाई १२०एचएक्स को रिफ्रेश रेट सहित सार्वजनिक गर्ने छ । यस स्मार्टफोनमा १२जीबी र्यामसँगै क्वालकममा सबैभन्दा लेटेस्ट र पावरफुल प्रोसेसर स्नापड्रगन ८६५ एसओसी देख्न पाइने छ । कम्पनीले यस स्मार्टफोनलाई १२८ जीबी र २५६ जीबी स्टोरेज गरि दुई भेरियन्टमा लन्च गर्न सक्ने छ ।

क्यामराको कुरा गर्दा यस स्मार्टफोनमा ट्रिपल रियर क्यामरा रहने छ । यद्पी कम्पनीले यस स्मार्टफोनमा ४८ मेगापिक्सेलको ठाउँमा ६० मेगापिक्सेलको प्राईमरी क्यामरा लेन्स प्रदान गर्ने छ । यससँगै १३ मेगापिक्सेलको वाइड एंगल लेन्स रहने छ । स्मार्टफोनमा ४५०० एमएएचको ब्याट्री रहने छ ।

वनप्लस ८

वनप्लस ८ कम्पनीको स्ट्यान्डर्ड फ्ल्यागसिप स्मार्टफोन हुने छ । यस स्मार्टफोनमा पनि कम्पनीले ६.५ इन्चको फुल एचडि रेज्योलुसन रहेको एमोलेड डिस्प्लेको प्रयोग गर्ने छ । यद्पी स्मार्टफोनको स्क्रिन ९० हर्ज रिफ्रेश रेटमा काम गर्ने छ । स्मार्टफोनमा क्वालकमको स्न्यापड्रयागन ८६५ एसओसि नै रहने छ । यस स्मार्टफोनलाई कम्पनीले ६ जीबी र ८ जीबी र्याम भेरियन्टमा लन्च गर्न सक्ने छ । यस स्मार्टफोनको प्राइमरी क्यामरा लेन्स ४८ मेगापिक्सेलको हुने छ ।।

वनप्लस ८ लाइट

कम्पनीको वनप्लस ८ लाइट सबैभन्दा सस्तो स्मार्टफोनको रुपमा लन्च हुने छ । यस स्मार्टफोनमा ६.४ इन्चको फुल एचडि रेज्योलुशन भएको एमोलेड डिस्प्ले रहने छ । यस स्मार्टफोनमा कम्पनीले क्वालकमको ठाउँमा मिडियाटेकको प्रोसेसरलाई प्रयोग गर्ने छ । स्मार्टफोनको बेसिक भेरियन्टमा ४जीबी र्याम रहने छ ।

स्माार्टफोनमा ४८ मेगापिक्सेलको प्राइमरी क्यामरा सेन्सर रहने छ । यस स्मार्टफोन पनि १२८जीबी र २५६जीबी स्टोरेजसँगै लन्च हुन सक्ने छ । यी तीनओटै स्मार्टफोनलाई कम्पनीले अप्रिलको शुरुवातमा लन्च गर्न सक्ने छ ।

प्रकाशित: ७ फाल्गुन २०७६, बुधबार

तपाइको प्रतिक्रिया