काठमाडौं ।
काठमाडौं । २०१९ मा स्विस वाच इन्डस्ट्रिलाई एप्पलले उछिनेको छ । स्ट्राटेजी एनालिटिक्सका अनुसार २०१९ मा स्विट्जरल्यान्डको पुरा वाच इन्डस्ट्रिले मिलेर २.१ करोड थान घडिहरु बेचेका थिए भने यसबिच अमेरिकी कम्पनी एप्पल एक्लैले ३.१ करोड थान घडिहरु बेच्न सफल भएको छ ।
यद्पी यस क्षेत्रका विशेषज्ञहरु भने स्विस घडिहरुको एकाधिकार तोडिएको कुरामा भने अझै सहमत रहेको देखिदैन्। केहि विशेषज्ञहरु स्विट्जरल्यान्डमा रहेको सर्टिफाइड मेकानिकल घडिहरुले अझैपनी एप्पले भन्दा धेरै मुनाफा कमाईरहेको बताउँछन् । स्ट्राटेजी एनालिटिक्स सिनिएर एनालिस्ट स्टीभन वाल्टजरका अनुसार एप्पल वाचहरु स्ट्याटस सिम्वलको रुपमा बजारमा आएको र यसले मिड रेन्जका स्विस घडिहरुलाई टक्कर दिएको बताउँछन् । उनले एप्पलको कस्टमर बेसको एक सानो समुहले मात्रै एप्पल वाच खरिद गरेमा यो करोडौंको संख्यामा पुग्ने पनि बताए ।
स्ट्राटेजी एनालिटिक्सले आफ्नो रिर्पोटमा एप्पल वाचले फिटनेश लेवल चेक गर्नुका साथै मुभि थिएटरमा चाँडै चेक इन, जीम ट्रयाक एक्टिभिटी जस्ता सुविधाहरु रहेको र यसैको कारणले युवाहरु यसतर्फ आकर्षित हुने गरेको उल्लेख गरेको छ । सिएनएनको एक रिर्पोटअनुसार मानिसहरुले एप्पल वाचहरुलाई टेक र फेशनलाई एकैसाथ जोड्ने एक सोलुशनको रुपमा लिने गरेका छन् । विशेषज्ञहरुका अनुसार एप्पल वाचहरु हेल्थ र फिटनेस सेग्मेन्टमा आफ्नो नाम बनाईरहेको र स्विस वाचहरु भने ज्वेलरी र फेशनको रुपमा रहेको छ ।
विशेषज्ञहरुले एप्पलले आईफोन, आइपड र अरु ब्रान्डहरुमा रहेको ठुलो उपभोक्ता समुहको फाइदा पनि पाउने गरेको बताउँछन् । त्यस्तै उनिहरुले स्विस कम्पनीहरुले स्मार्टवाच बेच्ने गरेपनि यसको लागी उनिहरु एन्ड्रोएडमा निर्भर रहनुपर्ने जनाएका छन्। यद्पी बिशेषज्ञहरुले स्मार्टवाच सेक्टरमा एप्पल अघि रहेपनि लग्जरी स्ट्याटस सिम्वलको रुपमा अझैपनि स्विस वाच इन्डस्ट्रि नै अघि रहेको दाबी गर्दछन् । एजेन्सी
प्रकाशित: ६ फाल्गुन २०७६, मंगलवार