Technology Khabar २ फाल्गुन २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । गूगल (गूगल फेक एप्स) मा रहेको फेक एप्सको बारेमा फेरि एक नयाँ खबर प्रकाशमा आएको छ । यसअनुसार प्ले स्टोरमा हाल ९ यस्ता नक्कली एप्सलाई स्पट गरिएको छ जुन प्रयोगकर्ताको फेसबुक र गूगल एकाउन्टलाई ठुलो खतरा हुने देखिएको छ ।
ट्रेण्ड माइक्रो नामको एक जापानी साइबर सेक्योरिटी कम्पनीले यी ९ एप्सको बारेमा जानकारी सार्वजनिक गरेको हो । यी ९ एप्सलाई हालसम्म ४,७०,००० पटक डाउनलोड गरिएको छ ।
यस खतरनाक एप्सको लिस्टमा शूट क्लीन, जंक क्लीनर, फोन बूस्टर जस्ता एप्स रहेको छन् । साइबर सेक्योरिटी कम्पनीको अनुसार यी नक्कली एप्सले आफुहरुलाई स्पिड क्लीनर वा सुपर क्लीनरको नाममा लुकाउने गरेका छन् । यी एप्सले आफुहरुलाई स्मार्टफोनमा रहेको जंक फाइललाई क्लीन गर्ने बताए पनि यिनीहरु वास्तवमा फेक एप्स रहेको रिर्पोटले बताएको छ ।
उक्त ९ एप्सको लिस्ट:–
हेर्नुस अंग्रेजी नामहरु
– Shoot Clean-Junk Cleaner, Phone Booster, CPU Cooler- Super Clean Lite- Booster, Clean & CPU Cooler
– Super Clean-Phone Booster, Junk Cleaner & CPU Cooler
– Quick Games – H5 Game Center
– Rocket Cleaner
– Rocket Cleaner Lite
– Speed Clean-Phone Booster, Junk Cleaner & App Manager
– LinkWorldVPN
– H5 gamebox
ट्रेण्ड माइक्रो फर्मका अनुसार यी ९ एप्सले फोनमा मालवेयरका ३,००० भेरियन्टहरु डाउनलोड गर्न सक्दछन् । साथै यिनीहरुले प्रयोगकर्ताको फेसबुक र गूगल अकाउन्ट पनि एक्सेस गर्न सक्दछन् । यी एप्सले प्रयोगकर्ताको गूगलमा एड्मोब वा फेसबुक अडियन्स नेटवर्क जस्ता विज्ञापन देखाउने गर्दछन् र प्रयोगकर्तालाई उक्त विज्ञापनमा क्लिक गर्न लगाउने ट्रेण्ड माइक्रोको रिर्पोटमा उल्लेख गरिएको छ ।
प्रकाशित: २ फाल्गुन २०७६, शुक्रबार