सामसङको ग्यालेक्सी एस २० सिरिजका तीन स्मार्टफोन लन्च, हेर्नुस् यस्ता छन् विशेषताहरु

  • Technology Khabar | २९ माघ २०७६, बुधबार
सामसङको ग्यालेक्सी एस २० सिरिजका तीन स्मार्टफोन लन्च, हेर्नुस् यस्ता छन् विशेषताहरु

काठमाडौं ।

काठमाडौं । निकै दिनदेखि चर्चामा रहदै आएको सामसङको एस सीरीजको फ्ल्यागशिप स्मार्टफोनहरुलाई लन्च गरेको छ । कम्पनीले यस सीरीजका तीन स्मार्टफोनहरु ग्यालेक्सी एस२०, ग्यालेक्सी एस२० प्लस र ग्यालेक्सी एस२० अल्ट्रालाई लन्च गरेको हो ।

यि तीन ओटै स्मार्टफोनमा कम्पनीले १२० एचजेड डिस्प्ले, ५जी, ८के भिडियो रेर्कडिङ्ग सर्पोडसँगै इम्प्रुभ्ड क्यामरा, ठुलो ब्याट्री र पातलो बेजल्स र नयाँ डिजाइन प्रदान गरेको छ ।

कम्पनीको नयाँ स्मार्टफोनहरु ग्यालेक्सी एस २० र ग्यालेक्सी एस २० प्लस सिधा रुपमा ग्यालेक्सी एस २० र ग्यालेक्सी एस १० प्लसको अपग्रेड भर्जन हो । त्यस्तै ग्यालेक्सी एस २० अल्ट्रा भने कम्पनीको नयाँ एडिशन हो जसको रियरमा १०८ मेगापिक्सलको क्यामरा रहेको छ ।

ग्यालेक्सी एस २० बिशेषताहरु

डिस्प्ले – क्युएचजेड (१,४४०×३,२०० पिक्सल) रेज्योलुशन, १२०एचजेड रिफ्रेश रेट र ५६३पीपिआई सँगै ६.२ इन्चको इनफिनिटी–ओ डाइनामिक एमोलेड २× डिस्प्ले

प्रोसेसर – छुट्टाछुट्टै एरिया अनुसार ७ एनएम अक्टा–कोर प्रोसेसरको अप्शन, सामसङ एक्सनोज वा क्वालकम स्न्यापड्रयागन ८६५ प्रोसेसर अप्शन रहने

र्याम – ८जीबी वा १२जीबी (५जी मा) एलपिडिडिआर५

स्टोरेज – १२८ जीबी

सेक्योरिटी – इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र फेस रिकोग्निशन

अपरेडिंग सिस्टम – एन्ड्रोएड १० मा आधारित वान यूआई२.१

रियर क्यामरा – ट्रिपल रियर क्यामरा सेटअप (सुपर स्पीड डुअल पिक्सल एएफ र ओआईएस सँगै १२ मेगापिक्सलको वाइड एंगल सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर र पिडिएएफ र ओआईएस सँगै ६४ मेगापिक्सलको टेलीफोन क्यामरा)

फ्रन्ट क्यामरा – एफ÷२.२ अपर्चर सँगै १० मेगापिक्सेलको सेन्सर

ब्याट्री – ४००० एमएएच

चार्ज – २५ वाट फास्ट चार्जिंग

मुल्य – ९९९.९९ अमेरिकी डलर

ग्यालेक्सी एस२० प्लसको बिशेषताहरु

यस स्मार्टफोनको विशेषताहरु धेरै हदसम्म ग्यालेक्सी एस २० सँग मिल्दोजुल्दो रहेको छ । तरपनी यो स्मार्टफोनमा ब्याट्री, यसको साइज र क्यामरा मा केहि फरक रहेको छ ।

डिस्प्ले – ५२५पिपिआई सँगै ६.७ एजको क्युएचडि (१,४४०× ३,२०० पिक्सल) डाइनामिक एमोलेड २× डिस्प्ले

डाइमेन्सन – १६१.९×७३.७×७.८ एमएम

ब्याट्री – ४,५००एमएएच

क्यामरा – फ्रन्ट र रियर क्यामरा ग्यालेक्सी एस२० को जस्तै, मात्रै रियर मा डेप्थ क्यामरा एडिशनल पाइने

मुल्य – शुरुवाती मुल्य १,१९९ अमेरिकी डलर

प्रकाशित: २९ माघ २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...